नवलपुरमा जलाए सविधान, प्रहरीद्वारा हस्तक्षेप !

नवलपुरमा जलाए सविधान, प्रहरीद्वारा हस्तक्षेप !

andolan (2)

कमला राना मगर \कावासोति नवलपुर – देशैभर आज सविधान दिवस मनाइएको बेला नवलपुरमा भने आजको दिनलाई विभिन्न संघसस्थाले कालो दिवसको रुपमा मनाएका छन् ।

नवलपुरको कावासोतिमा नेपाल आदिवासी जनजाती महासंघ,थारु विद्यार्थी समाज,थारुवान राष्ट्रिय मोर्चा र क्रान्तीकारी माओवादीको संयुक्त आयोजनामा विरोध र्याली सहीत नेपालको संविधान जलाएका छन् । संविधानले जनताको अधिकार सुनिश्चित गर्न नसकेको र जनताको पूर्ण अधिकार सहितको संविधान बन्नु पर्ने माग गर्दै, सविधान दिवसलाइ कालो दिनको रुपमा मनाउदै विरोध गरेको हुन । सोही क्रममा शुक्रबार नेकपा क्रान्तिकारी माओवादी नवलपुरका जिल्ला सेक्रेटरी उत्तम थापाको नेतृत्वमा रहेको टोलीले नाराबाजी गरी नेपालको संविधान जलाएका छन् ।

यस्तै नवलपुरको कावासोतिमा कालोझण्डा र व्यानर सहीत निस्केको विभिन्न संघसस्थाको विरोध र्यालीलाई प्रहरीले हस्तक्षेप गरी झण्डा र व्यानर खोसेपछि, नेपाल आदीवासी जनजाति महासंघ नवलपुरले प्रेस विज्ञप्ती जारी गर्दै घोर बिरोध समेत गरेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ