काँकडभिट्टाबाट पोखरा आउदै गरेको बस जलवीरेमा दुर्घटना: तीनको मृत्यु, २३ जना घाइते

काँकडभिट्टाबाट पोखरा आउदै गरेको बस जलवीरेमा दुर्घटना: तीनको मृत्यु, २३ जना घाइते

accident

पोखरा । इच्छाकामना गाउँपालिका–६ जलवीरेस्थित नारायणगण मुग्लिन सडकखण्डमा शुक्रबार बिहान बस दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको छ । २३ जना घाइते भएका छन् ।

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार काँकडभिट्टाबाट पोखरा आउदै गरेको ना ५ ख ४३८३ नम्बरको बस जलवीरे पुलबाट झण्डै ५० मिटर तल खोल्सामा खसेको हो । मृतक तीनजनाको सनाखत हुन सकेको छैन भने घाइतेमध्ये २२ जनाको पुरानो मेडिकल कलेज र एक जनाको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ ।

घाइतेमध्ये चारको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । दुर्घटना बिहान २ः३० बजे भएको थियो । त्यसैबीच, माडीमा हात्तीको आक्रममणबाट एक किशोरको मृत्यु भएको छ ।

माडी नगरपालिका–३ धुवामा खेतको धान कुर्दै गरेका स्थानीय १५ वर्षीय रवि चौधरीको जङ्गली हात्तीको आक्रमणबाट मृत्यु भएको हो । घटना राति १२ः३० बजे भएको प्रहरीले जनाएको छ । रातको समयमा जङ्गली हात्तीले धान खान थालेपछि माडीवासी जाग्राम बसेर हात्ती लखेट्ने गर्दछन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ