स्वर्गीय भानुराज श्रेष्ठको सम्झनामा जलदेवि विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

स्वर्गीय भानुराज श्रेष्ठको सम्झनामा जलदेवि विद्यालयका विपन्न विद्यार्थीलाई न्यानो कपडा वितरण

JD1

तनहुँ । दमौलीको जलदेवी माध्यमिक विद्यालयका विद्यार्थीहरुर्लाइ जाडोमा लगाउने न्यानो कपडा वितरण गरिएको छ । व्यास नगरपालिका वडा नं १ भादगाउँ निवासी समाजसेवी स्वर्गीय भानुराज श्रेष्ठको वार्षिकी पारेर विद्यालयका कक्षा १ देखि ५ सम्मका १६ जना आर्थिक अवस्था कमजोर भएका एवं विपन्न परिवारका विद्यार्थीलाई जाडोमा लगाउने स्वेटर एवं टोपी वितरण गरिएको हो ।

एक कार्यक्रमका बिच स्व. भानुराज श्रेष्ठकी धर्मपत्नी एवं पूर्व शिक्षक अभिभावक संघका सदस्य मंगला देवी श्रेष्ठ र उनको छोरा एवं विद्यालयका पूर्व शिक्षक तथा लेखापाल इश्वर श्रेष्ठले संयुक्त रुपमा वितरण गरेका थिए ।

उक्त कार्यक्रममा बोल्दै स्वर्गीय भानुराज श्रेष्ठकी धर्मपत्नी मंगला देवी श्रेष्ठले आफ्ना पतिको संझनामा विपन्न विद्यार्थीहरुलाई थोरै भएपनि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरिन ।
विद्यालयका प्रधानाध्यापक रोहणीराज पौडेलले श्रेष्ठ परिवारलाई धन्यवाद व्यक्त गरेका थिए । विद्यालयका प्रा.वि. इन्चार्ज धनराज हड्खलेले कार्यक्रमको सहजीकरण गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds