स्याङ्जामा अन्तर्राष्ट्रियस्तरको जल्सा (धार्मिक प्रवचन) हुँदै

स्याङ्जामा अन्तर्राष्ट्रियस्तरको जल्सा (धार्मिक प्रवचन) हुँदै

IMG_4996

सरोज अर्याल, स्याङ्जा : मुस्लिम समुदायका गरिब तथा विपन्न परिवारका बालबालिकालाई व्यवस्थित छात्राबास र मदरसा (पाठशाला) बनाउन जिल्ला सदरमुकाममा पहिलो पटक जल्सा (महायज्ञ) आयोजना गरिने भएको छ । स्थानीय स्याङ्जा मुस्लिम समाजको आयोजनामा जल्सा गरिन लागेको हो ।

चैत्र २३ गते एक दिन संचालन हुने जल्साबाट ५० लाख भन्दा बढि आम्दानी र २० लाख भन्दा माथि खर्च हुने समजाले अनुमान गरेको छ । समाजका अनुसार बचत रकमबाट विपन्न परिवारका बालबालिकालाई निःशुल्क छात्राबास र उनीहरुलाई पठनपाठनका गराउनका लागि भौतिक संरचना निर्माण गरिनेछ ।

जल्सामा स्वदेश र बिदेशका मुस्लिम समुदायका कारी, आलीम, हाफिज, मौलाना (शिक्षक) को सहभागिता रहेनछ । बेलायतबाट आउने शेयद नुरानी हास्मी मियाँ, भारतबाट आउने अब्बुल हक्कानी सहित ४ जना र नेपालका हजरत जयस मोहम्मद सिद्धिकी (शेरे नेपाल) ले जल्सामा कुरान (ग्रन्थ) वाचन गर्ने संघका अध्यक्ष शेरअलि मियाँले जानकारी दिए ।

जल्सा (धार्मिक प्रवचन ) जिल्ला सदरमुकास्थित बाडखोलामा गरिनेछ र कार्यक्रमको उद्घाटन शहरी विकास मन्त्री इस्तियाक राईबाट हुने आयोजक सदस्य शाहा खालिद मियाँले बताए । देशभरबाट करिब १० हजार मुस्लिम अगुवाहरुको भेलामा उपस्थिति रहनेछ । २३ गते दिन र रात गरी २४ घण्टा जल्सा संचालन हुने समाजले जनाएको छ । जल्सालाई भब्य बनाउन स्थानीय मुस्लिम समुदायका सदस्यले तयारीलाई तिव्रता दिएका छन् ।

मुस्लिम समुदायका बालबालिका सरकारी विद्यलयमा जाने भएपनि आफ्नो संस्कृति जर्गेना गर्न जल्सा आयोजना गरिएको हो । समाजका सचिव सामोहम्मद मियाँले भने, जल्साबाट वचत रकमबाट कारी, आलीम, हाफिज र मौलानाहरुको उत्पादन गरिनेछ । बिहान र बुलेकी संचालन हुने पाठशालाबाट उनीहरुलाई तयार गरिने मियाँले बताए ।

समाजले १ सय ५० क्षमताको आधुनिक छात्राबास बनाउने योजना अगाडि सारेको छ । छात्राबास निर्माणका लागि झण्डै ५० लाख लागत लाग्ने अनुमान गरिएको छ । समाजका अनुसार संकलित रकमबाट पाठशालाका अतिरिक्त कब्रस्तान (समाधी स्थल) को व्यवस्थापना गरिनेछ ।

विश्वका विभिन्न देशमा सिया र सुन्नी दुई समूहका मुस्लिम रहेपनि स्याङ्जामा सुन्नी मुस्लिम समुदायको बसोबास छ । गरिबी र अशिक्षाबाट ग्रहसित समुदायले पछिल्लो समय समाजका हरेक क्षेत्रमा आफूलाई अब्बल बनाउँदै लगेको स्थानिय हाजि सम्सुद्धिन मियाँले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ