जापानिज भाषा परीक्षा कार्तिक १० र ११ गते हुने, तयारी अन्तिम चरणमा

जापानिज भाषा परीक्षा कार्तिक १० र ११ गते हुने, तयारी अन्तिम चरणमा

japan tokiyo

काठमाडौं : कार्तिक १० र ११ गते हुने जापानिज भाषाको तयारी अन्तिम चरणमा पुगेको छ। भाषा परीक्षाका लागि जापान फाउन्डेसनले तयारी गरिरहेको छ। जापानले पहिलो चरणमा नर्सिङ केयर (केयर गिभर)का लागि परीक्षा सञ्चालन गर्न लागेको हो। परीक्षामा सामेल हुने विद्यार्थीले अनलाइनबाट फारम भर्नु पर्नेछ। भाषा सञ्चालन गर्दै आएको जापान फाउन्डेसनको कार्यालय नभएकाले नेपालस्थित जापानी राजदूतावासबाट टोकन लिनुपर्छ। टोकन पश्चातमात्रै अनलाइनबाट फारम भर्न पाइन्छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव दीपक ढकालका अनुसार भाषा परीक्षाका लागि जापान फाउन्डेसनले छिट्टै सूचना प्रकाशित गर्नेछ। वेवसाइटमा सूचना प्रकाशित भएपछि टोकन लिने र अनलाइनबाट फारम भर्न पाइन्छ। नर्सिङ केयरका लागि एन फो तहको परीक्षा उत्तीर्ण गर्नुपर्छ। सामान्य भाषा र पेसागत भाषामा उत्तीर्ण गरेपछि मात्रै सीप परीक्षणमा सहभागी हुन पाउने व्यवस्था छ।

जापनिज भाषा परीक्षा दिन चार हजार पाँच सय येन शुल्क तोकिएको छ। भाषामा सामेल हुन २५ सय, सीपमा एक हजार र नर्सिङ क्षेत्रका लागि एक हजार शुल्क तिर्नुपर्ने उल्लेख गरिएको छ। छनोटमा परेका कामदारको भिसा प्रक्रियामा लाग्ने सम्पूर्ण खर्च रोजगारदाताले नै बेहोर्ने समझदारीमा उल्लेख छ। अन्नपूर्ण पोष्ट दैनिकमा खबर छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds