जेसिआई व्यासनगरको रजत जयन्ती: ४० नयाँ सदस्य जेसिआईमा प्रवेश

जेसिआई व्यासनगरको रजत जयन्ती: ४० नयाँ सदस्य जेसिआईमा प्रवेश

IMG_20190219_152641

तनहुँ । जेसिआइ व्यासनगरको रजत जयन्ती मंगलबार दमौलीमा सम्पन्न भएको छ । कार्यक्रमका प्रमुख अतिथि जेसिज नेपालका राष्ट्रिय अध्यक्ष महेश पौडेल रहेका थिए ।

सो अवसरमा प्रमुख अतिथि पौडेलले जेसिज असल नागरिक उत्पादन गर्ने सस्था भएको बताए । सामाजिक क्षेत्रमा अग्रसर युवा लाई आफ्नो प्रतिभा प्रस्फुटन गर्ने स्थान समेत भएको उनले बताए । त्यस्तै समाज रुपान्तरणमा निरन्तर लाग्न जेसिजका सदस्यहरु लाई उनले अनुरोध समेत गरे । जेसिआइ व्यासनगर संग उनको धेरै लामो सम्बन्ध रहेको उनले बताए ।

कार्यक्रममा जेसिजका संस्थापकहरु लाई सम्मान गरिएको थियो । कार्यक्रममा विशिष्ट अतिथि लायन्स डिस्ट्रिक ३२५ बि १ का गवर्नर अशोक कुमार श्रेष्ठले युवा लाई सहि मार्गमा अगाडि बढाउन जेसिआईको महत्त्वपूर्ण भुमिका रहेको बताए । त्यस्तै जेसिआई व्यासनगरले दोस्रो लियो कप फुटबल प्रतियोगितामा जितेको रकमको केहि प्रतिशत रकम सिन्धु प्राविका भिन्न क्षमता भएका विद्यार्थी लाई प्रदान गरेको छ ।

४० नयाँ सदस्य प्रवेश

त्यस्तै रजत जयन्तीको अवसरमा जेसिआइ व्यासनगरमा ४० जना नयाँ सदस्य प्रवेश गरेका छ्न ।

विभिन्न क्षेत्रका युवाहरु जेसिआइ व्यासनगरमा प्रवेश गरेको जेसिआइ व्यासनगरका अध्यक्ष रमेश गिरिले जानकारी दिए । नयाँ जोशिला युवाको प्रवेश संगै जेसिआइ व्यासनगर युवामय भएको उनले बताए । नवप्रवेशी युवाहरु लाई जेसिज नेपालका राष्ट्रिय अध्यक्ष महेश पौडेलले पिन र जेसिआइ व्यासनगरका अध्यक्ष रमेश गिरिले माला लगाएर क्लबमा स्वागत गरेका थिए ।

कार्यक्रममा न्यु मनकामना बोर्डिङ स्कुलका विद्यार्थीहरुले नृत्य समेत प्रस्तुत गरेका थिए । कार्यक्रमको संचालन पत्रकार पवन पौडेलले गरेका थिए । सोमबार साझ जेसिआई व्यासनगरले दमौलीमा मोटरसाइकल र्याली समेत निकालेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ