प्रेमीको बर्थडेमा गएकी किशोरी मृत भेटिइन्, अर्की गलफ्रेण्ड सँगै भएको खुलासा

प्रेमीको बर्थडेमा गएकी किशोरी मृत भेटिइन्, अर्की गलफ्रेण्ड सँगै भएको खुलासा

Death

काठमाडौंको बालाजुमा प्रेमीको जन्मदिन मनाउन गएकी १६ वर्षीय किशोरी मृत भेटिएकी छन् । ती किशोरी जेनी तामाङ रहेको महानरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होविन्द्र बोगटीले बताए ।

त्रिपुरेश्वर बस्दै आएकी जेनी ३० असारको साँझ बालाजुमा डेरा गरी बस्ने उदयपुर गाईघाटका प्रेमी भीम मगरको कोठामा जन्मदिन मनाउन पुगिन् । जेनीले त्यहाँ भीमकी अर्की प्रेमिकालाई देखिन् । यसपछि जेनी र ती प्रेमिकाबीच झगडा भयो ।

नगरकोटी र मगरले जेनी आफैंले सलमा झुन्डिएर आत्महत्या गरेको बयान दिएका छन् । भीमकी अर्की पे्रमिका प्रविना नगरकोटी र भीमलाई नियन्त्रणमा लिएर कर्तव्य दुरुत्साहन अभियोगमा म्याद थपेर अनुसन्धान अगाडि बढाइएको बोगटीले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ