पत्रकार मिनाको राजधानीमै गोली हानी हत्या !

पत्रकार मिनाको राजधानीमै गोली हानी हत्या !

journalist mina

एजेन्सी : टेलिभिजन प्रस्तोताबाट राजनीतिमा उदाउँदै गरेकी मिना मंगललाई शनीबार दिउँसो काबुलमा गोली हानी हत्या गरिएको छ । उनको हत्याको निन्दा गर्दै अफ्गानी राजनीतिज्ञहरु र महिला अधिकार कार्यकर्ताहरुले न्यायका लागि माग गरेका छन् ।

प्रहरीले अनुसन्धान थाले पनि उनलाई कसले मारेको भन्ने प्रस्ट भइसकेको छैन । शनिवार प्रकाशित एक वक्तव्यमा आन्तरिक मामिला मन्त्रालयले अफगान संसद्को सांस्कृतिक मामिला आयोगको एक सल्लाहकारको रूपमा काम गर्न जाँदै गरेको बेला मङ्गललाई सबेरै साढे सात बजेतिर गोली हानिएको जनाएको छ ।

मङ्गलले आफूलाई धम्की आइरहेको र आफ्नो ज्यानको सुरक्षाबारे डर लागिरहेको आफ्नो फेसबुकमा पोस्ट गरेकी थिइन् । प्रेस अधिकारसम्बन्धी अन्तर्रा्ष्ट्रिय संस्था रिपोर्टर्स विदाउट बोर्डर्सले सन् २०१८ मा पत्रकारहरूका निम्ति सबभन्दा खतरनाक देशको सूचीमा अफगानिस्तानलाई राखेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds