पत्रकारलाई कुटेर मुखमा पिसाब गर्ने दुई प्रहरी अधिकारीको जागिर गयो (भिडियो)

पत्रकारलाई कुटेर मुखमा पिसाब गर्ने दुई प्रहरी अधिकारीको जागिर गयो (भिडियो)

patrakar-UP

नयाँ दिल्ली ।  उत्तर प्रदेशको शामली जिल्लामा पटरी भन्दा उतरमा रहेको मालगाडीको समाचार संकलन गर्न गएका एक पत्रकारलाई कुटपिट गरेको आरोपमा जीआरपी एसएचओ राकेश कुमार र कन्‍स्‍टेबल सञ्जय पवारलाई निलम्बन गरिएको छ । यूपीको डीजीपी ओपी सिंहले आरोपी पुलिसकर्मीहरु विरुद्ध अझ कठोर कारबाही गर्ने प्रतिबद्धता पनि व्यक्त गरेका छन् ।

प्रहरी सूत्रका अनुसार उनीहरुमाथि थप छानविन गरेर दोषी पाइएमा उनीहरुलाई बर्खास्त सम्म गर्ने तयारी भइरहेको छ । पुलिसकर्मीहरुमाथि आरोप छ कि उनीहरुले पत्रकार अमित शर्माका साथ अमानवीय व्यवहार गरेका थिए । भारतीय सञ्चारमाध्यममा पत्रकार शर्माको मुखमा प्रहरीले पिसाब फेरेको समेत आरोप लागेको छ । यस भन्दा पहिले बुधवार विहान पत्रकारहरुले आरोपी अधिकारीहरु विरुद्ध प्रदर्शन समेत गरेका थिए ।

पिडित पत्रकार अमित शर्माले उनीविरुद्ध पहिले प्रहरीले कुटपिट गरे र त्यसपछि हिरासतमा लिएका थिए । हिरासतमा उनलाई नाङ्गो गराएर उनको मुखमा पिसाव समेत गरेका थिए । शर्माका अनुसार ती प्रहरीहरु बर्दीमै थिए । उनीहरुले घटनास्थलमा गाली गलौज र कुटपिट गरी उनको माइक समेत तोडफोड गरेका थिए। उनीमाथि गरेको कुटपिटको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ ।

पत्रकारले आरोप लगाएका छन् कि उनीसँग क्यामेरा खोस्न लाग्दा क्यामेरा भुईंमा खस्यो । त्यो क्यामेरा टिप्नको लागि निहुरिएको बेलामा एक प्रहरीले पिट्न सुरु गरे । उनी विरुद्ध भद्दा गाली समेत गरिएको छ । मिडियाकर्मीले यो पनि आरोप लगाएका छन् कि प्रहरीहरुले करीब २०० मीटरसम्म उनलाई पिट्दै लगे र उनलाई लकअपमा बन्द गराए। सोही बन्द लकअपमा उनको मुखमा पिसाव समेत गराईयो । पत्रकार शर्माले रेलवेको एक समाचार लेखेको आधारमा उनी विरुद्ध प्रहरीहरु आक्रोशित थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ