२ लाख नगद सहित पोखराबाट १५ जुवाडे पक्राउ, ६ जना महिला

२ लाख नगद सहित पोखराबाट १५ जुवाडे पक्राउ, ६ जना महिला

juwa

फाइल तस्विर

पोखराबाट ८ जना जुवाडे सवा लाख नगद सहित पक्राउ परेका छन् । पक्राउ पर्नेमा ६ महिला र २ जना पुरुष छन् । पोखरा ५ मालेपाटनमा घर भाडामा लिएर पेसेवार रुपमा जुवा खेल्नेहरुलाई पक्राउ गरिएको हो ।

उनीहरुको साथबाट १ लाख २१ हजार नगद बरामद गरिएको छ । घर पूरै भाडामा लिएर जुवा खेलिरहेको प्रारम्भीक अनुसन्धानले देखाएको छ । उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको छ ।

पृथ्वीचोकबाट पनि ७ जना पक्राउ परेका छन् । सबैजना पुरुष छन् । उनीहरुको साथबाट ६३ हजार २ सय रुपैयाँ बरामद गरिएको कास्की प्रहरी प्रबक्ता डीएसपी राजन केसीले जानकारी दिए । सबैजना पेसेवार रुपमा जुवा खेल्ने खेलाउने गरिरहेको बुझिएको उनको भनाई छ ।

पृथ्वीचोकमा होटलवाला नै जुवा खेलाएका थिए भने मालेपाटनमा महिलाले खेलाएका हुन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ