बेनी–जोमसोम सडक अझै अवरुद्ध, काभ्रेभिर पहिरो पन्छाउँदै, सडक नखुल्दा सास्ती

बेनी–जोमसोम सडक अझै अवरुद्ध, काभ्रेभिर पहिरो पन्छाउँदै, सडक नखुल्दा सास्ती

42197779_2201591689853628_3363509251661103104_n

सुन्दरकुमार थकाली, मुस्ताङ । बेनी–जोमसोम सडकको काभ्रेभीर मंगलबार सुचारु हुने जनाईएको छ ।वर्षाले काभेभीर सडक भाँसिएपछि मुस्ताङ भित्रने पर्यटकले सास्ती भोग्दै आईरहेका छन् ।

अन्नपूर्ण गाउँपालिका ३ काभे्रभीरमा चट्टानसहितको सडक भाँसिदा त्यसलाई नियमित गर्न करिडोरलाई असहज भएको हो ।एकसाता अघि देखि मुस्ताङ आउने पर्यटकले काभ्रेभीरमा सास्ती पाईरहेका छन् । सडक फेर्दे यात्रु गर्नुपर्ने बाध्यता छ ।सडक भाँसिएको स्थानमा जोखिम मोलेर बाटो छिचोल्नुपर्ने बाध्यता रहेको सडकका सुपर भाईजर ईन्द्रसिंह शेरचनले जानकारी दिए ।उनले उक्त स्थानमा करिव आधा घण्टा पैदल हिड्नु पर्ने जनाए ।

एकसाता अघिको अबिरल वर्षाका कारण म्याग्दी र मुस्ताङ खण्डमा पर्ने दर्जनौ स्थानमा बाढि पहिरोले सडक बगाउने ,जमिन भाँसिने ,नदीले सडक बगाएको हो ।करिडोरले निर्माणकार्य थाँती राखेर सडक प्रभावित स्थानको काम गर्दे आएको करिडोरले बताएको छ ।आयोजना प्रमुख सुवेदीका अनुसार बाढी पहिरोले बिगारेका सबै स्थानमा सवारी आवागमनको दोहोरो ट्याक खोलिसकेको बताए । काभ्रेभीरको सडक खुलाउनेकार्य अन्तिम चरणमा पुगेको उनले जनाए ।


वर्षाले म्याग्दीको पैरोथाप्ला झोलुङे पुल नजिक चट्टानसहितको करिव ५० मिटर सडक चोईटिएको हो ।करिडोरको काममा प्रयोग भएका मेशिन तथा औजारहरुले भीर काटेर सडक संञ्चालन गर्नेकार्य भैईरहेको आयोजना प्रमुख सुवेदीले जानकारी दिए ।बेनी–जोमसोम सडकमा बाढी पहिरोले प्रभावित अन्य स्थानमा सडक सफा गर्नेकार्य संम्पन्न भईसकेको जानकारी दिए ।

गतहप्ताको बाढी पहिरोले म्याग्दी खण्डको अन्नपूर्ण गाउँपालिकामा पर्ने रुप्से झरनाको बहावले पक्कीपुल वरपरको दायाँबायाँ पहुँच सडक(एप्रोज रोड)बगाएको थियो ।त्यस्तै,अन्नपूर्ण गाउँपालिका सुकेबगरमा पहुँच सडकको माथिबाट पहिरो खस्दा र कालिगण्डकी नदीको दोहोरो कटानका कारण सडक अवरुद्ध बनाएको थियो ।

साताअघिको वर्षाले मुस्ताङ खण्डको सडकमा पनि उक्तिकै क्षती पुगेको थियो ।थासाङ गाउँपालिका ३ लेते कालोपानी स्थित सेतोखोलाको बाढीले करिव ५० मिटर सडकको संरचना बगाएको थियो ।करिडोरले त्यहाँ सडक ट्याक खुलाई सकेको छ ।आयोजना प्रमुख सुवेदीका अनुसार त्यहाँ सडक संरचना तयार गर्न पूनः सेर्वेको तयारी थालेको जनाए ।त्यस्तै वर्षाले थासाङकै लेते खोला वारीपारीको सडक पहिरो गई पुरिने भाँसिने भएको थियो ।त्यहाँ पनि करिडोरले सडक सफा गरिसकेको जनाएको छ ।

लेते खोलामा राखिएको अस्थायी बेलिब्रिज समेत ठाँडो खोलाले क्षति पु¥याएको छ ।खोलाले पक्कीपुलको मुस्ताङ खण्डको वालमा क्ष्ाित पु¥याएको थियो ।खोलाले पुलको वाललाई क्षति पु¥याएपछि अहिले बेलिब्रिज प्रयोग बिहिन भएको छ ।अहिले मुस्ताङ आउने जाने सवारी साधन खोला तर्नुपर्ने आयोजना प्रमुख स्ुवेदी बताए ।‘चाडपर्व नजिकिदै छन् ।तिर्थालुलाई असर नपर्ने गरी सिधा सडक खुलाउनेकार्यमा जुटेका छौं ।’उनले भने । वर्षा रोकिएर कुनै पनि स्थानमा क्षती नपू¥याए काभ्रेभीर सडकको ट्याक खोलेर सडक नियमित गर्ने प्रयासमा लागिरहेको उनले बताए ।

कहिल्यै वर्षा नहुने माटोको सहर उपल्लो मुस्ताङमा यसपटक भारी वर्षा भएको करिडोरले जनाएको छ ।वर्षायामको समयमा कामको प्रगती तिब्र हुनुपर्ने बेला वर्षाले सडक निर्माणको काममा बाधा पु¥याएको हो ।हिउँदयाममा हिउँ पर्ने तथा अत्यधिक चिसो हुने हुनाले मंसिर देखि फाल्गुन सम्म कुनै काम हुँदैन ।गर्मीयाममा अपेक्षा गरिए अनुसार काम नभएको ईन्जिनीयर जगत प्रजापतीले जनाए ।

बेनी देखि कोरला सडक सम्म२२ वटा पुलका लागि १ अर्ब रुपैया बजेट बिनियोजन भएको करिडोरले जनाएको छ ।सरकारले छिमेकी देश चीनतर्फ कोरलानाका संञ्चालन गर्ने दिर्घकालिन लक्षका साथ शाखा राजमार्ग बिस्तार गर्दे गरेको हो ।

सडक बेनी–जोमसोम कालोपत्रे सडक बिस्तारका लागि २ अर्ब ४० करोड र जोमसोम–कोरला दुईलेनको ग्राभेल सडक बिस्तारका लागि २ अर्ब ६० करोड बिनियोजन भएको कालिगण्डकी करिडोर सडक जोमसोम कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds