कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले चैते दशैमा दमौली बजार एकाईले मौलिक कौराह प्रतियोगिता गर्ने

कला संस्कृतिको जर्गेना गर्ने उद्देश्यले चैते दशैमा दमौली बजार एकाईले मौलिक कौराह प्रतियोगिता गर्ने

Dml Bazar ikai1

तनहुँ । तनहुँ उद्योग वाणिज्य संघ दमौली बजार एकाई समितिले प्रथम तनहुँ मौलिक कौराह नृत्य प्रतियोगिता २०७५ गर्ने भएको छ ।

नयाँ वर्ष तथा चैते दशैको अवसरमा यही चैत २८ देखी ३० गतेसम्म कला संस्कृति र मौलिकताको आधार व्यवसाय प्रवद्र्धनको पूवार्धार भन्ने नाराका साथ आयोजना गरिने कौराह नृत्य प्रतियोगिता बारे आइतबार दमौली पत्रकार सम्मेलन मार्फत जानकारी गराइएको हो ।

कला संस्कृतिको जर्गेना गर्दै व्यवसाय प्रवद्र्धनमा सहयोग पुगोस् भन्ने उद्देश्यले कार्यक्रम गर्न लागिएको एकाईका सभापति राजकुमार श्रेष्ठ ‘राकु’ले जानकारी दिए । तनहुँको धार्मिक, सांस्कृति र पर्यटकीय महत्वको प्रचारप्रसार समेतको उद्देश्य राखेर हामीले कौराह नृत्य प्रतियोगिता आयोजना गरेका हौं उनले भने ।

आम्दानीको लागी भन्दा पनि कला संस्कृति र व्यवसाय प्रवद्र्धन गर्नु प्रतियोगिताको प्रमुख उद्देश्य रहेको उनले प्रष्ट पारे ।

प्रतियोगितामा आज देखी २७ गते दिनको ३ बजेसम्म नाम दर्ता गर्न सकिने आयोजकले जनाएको छ । प्रवेश शुल्क रु. २ हजार तोकिएको छ भने १० देखी २० जनासम्मको टिम बनाएर प्रतियोगितामा भाग लिन सकिने आयोजकले जनाएको छ ।

प्रस्तुतीको लागी एक समूहले १५ मिनेटको समय प्राप्त गर्नेछन् । ३० गते विशेष निर्णायकमण्डलले प्रस्तुतीको आधारमा विजेता छनोट गर्ने कार्यक्रम रहेको छ ।

प्रतियोगितालाई रोचक ढंगले प्रस्तुत गर्न सहभागी जातजातिबाट छुट्टाछुट्टै प्रतिस्पर्धा गराई सबैको समूहबाट एक टिमलाई विजेता बनाइ फाइनलमा लगिने आयोजकले निर्णय गरेको छ । अलग अलग जातिका बिचमा दमौलीको फरक फरक चोकमा प्रतिस्पर्धा गराइने आयोजकले । प्रतियोगितामा मगर , गुरुङ, दरै र मिश्रित समुदायका बिच प्रतिस्पर्धा हुने बताइएको छ ।

प्रतियोगितामा प्रथम हुने समूहले रु ५० हजार, द्धितीय हुने ३० हजार, तृतीय र सान्त्वना हुनेले क्रमश २० र १० हजार प्राप्त गर्ने छन् । मौलिक कौराह नृत्य प्रतियोगिता तर्फ हालसम्म तनहुँमै सर्वाधिक पुरस्कार राशीको भएको आयोजकले दावि गरेको छ ।

कार्यक्रममा तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठले यो प्रतियोगिता तनहुँको संस्कृति जोगाउने अभियानमा सफल हुने विश्वास व्यक्त गर्दै कौरा, चुड्का, पाउदुरे, बालन जस्ता विभिन्न जातजातीका कला र संस्कृतिलाई संरक्षण गर्ने दायित्व व्यवसाय क्षेत्रको पनि भएको बताए ।

अध्यक्ष श्रेष्ठको सभापतित्वमा सम्पन्न कार्यक्रममा तउवा संघका प्रथम उपाध्यक्ष बैकुण्ठनाथ मिश्र, महासचिव इमकुमार मल्ल लगायतको उपस्थिती रहेको थियो भने कार्यक्रम सञ्चालक एकाईका सचिव दधिराज घिमिरेले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds