ओझेलमा परेको पर्यटकीय स्थलको प्रचारका लागि कालाभैरव ट्रायल रेस कार्तिक २ गते

ओझेलमा परेको पर्यटकीय स्थलको प्रचारका लागि कालाभैरव ट्रायल रेस कार्तिक २ गते

IMG_20190914_140220

तनहुँ । तनहुँको म्याग्दे गाउँपालिकामा रहेको ओझेलमा परेको पर्यटकीय स्थलको प्रचारको लागि दोस्रो कालाभैरव ट्रायल रेस हुनेभएको छ ।

दोस्रो महिला तथा पुरुष १२ किलोमिटर कालाभैरव ट्रायल रेस प्रतियोगिताको आयोजनामा उक्त रेस हुन लागेको अध्यक्ष गंगा थापाले बताए ।

आगामी कार्तिक २ गते म्याग्दे वडा नम्बर ३ देखि वडा नम्बर ५ सम्म उक्त १२ किलोमिटरको रेस हुने आयोजकले शनिबार पत्रकार सम्मेलन मार्फत जनाएको हो ।

प्रतियोगितामा प्रथम हुने महिला र पुरुष प्रतियोगिले क्रमश २० हजार, दोस्रो हुने महिला र पुरुष प्रतियोगिले क्रमश १५ हजार, तेस्रो हुने महिला र पुरुष प्रतियोगीले क्रमश १० हजार र सान्त्वना हुने महिला र पुरुष प्रतियोगिले क्रमश ३ हजार संगै मेडल र प्रमाणपत्र पाउनेछन ।

गत वर्ष ८ किलोमिटरको दौड प्रतियोगिता गरिएको आयोजकले जनाएको छ । संस्कृतीको जगेर्ना संगै दृश्यावलोकनको थलोको रुपमा विकास गर्ने उद्देश्यले प्रतियोगिता गरिएको आयोजनाले पत्रकार सम्मेलनमा बताए ।

साथै अहिलेसम्म पुरा नभएको मन्दीर लाई समेत पुर्णता दिने आयोजकको लक्ष्य रहेको छ ।
खुला भएको कारण जुनसुकै उमेर समुह र देशको जुनसुकै भाग बाट प्रतियोगितामा सहभागि हुन सक्ने आयोजकले जनाएको छ ।

दौड संगै सोही दिन खुल्ला गायन र नृत्य प्रतियोगिता समेत हुनेछ । उक्त प्रतियोगिता सम्पन्न गर्नको लागि म्याग्दे गाउँपालिकाले ५० हजार आर्थिक सहयोग समेत गरेको छ ।

कार्यक्रमको कुल बजेट ४ लाख ६० हजार लाग्ने अनुमान गरिएको आयोजकले जनाएको छ ।

स्थानीय स्तरमा रहेको सुन्तलाले समेत बजार मुल्य पाउन नसकेको कारण पर्यटन संगै कृषि लाई समेत प्रवर्द्धन गर्न खोजेको आयोजकको भनाई छ ।

गतवर्ष १५० जना धावकहरुले सहभागिता जनाएको प्रतियोगितामा अहिले २ सय बढी धावकले सहभागिता जनाउने अपेक्षा आयोजकले गरेका छ्न ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले गाउँपालिकाले पर्यटन र कृषि लाई महत्त्वपूर्ण स्थानमा राखेको बताए । आन्तरिक पर्यटनको प्रचारप्रसार गर्न स्थानीय नै लाग्नुपर्ने समेत उनले बताए ।

प्रमुख अतिथि म्याग्दे गाउँपालिकाकी प्रमुख माया रानाले गाउँको बसाइँसराइको दर कम गराउन र गाउँमा पर्यटक भित्र्याउन दौड प्रतियोगिताले सहयोग गर्ने बताईन । खेलकुद र पर्यटन लाई गाउँपालिका सधै सहयोग गर्ने समेत उनले बताईन ।

रेसको रुट धयरे हुँदै किलचोक, पाडेथोक, डडुवा, कोल्डाडा, पिपलथोक, गहिरा, हटिया ध्यानथोक, तारानथोक, झिरुवास, मुलाबारी हुँदै भैरवथान सम्मको १२ किमिको हुनेछ ।

कार्यक्रमको स्वागत कालाभैरव निर्माण समितिका अध्यक्ष बसन्त आलेले गरेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ