१९ वर्षीया कलेजकी छात्राले काली मातालाई चढाउन काटिन् जिब्रो

१९ वर्षीया कलेजकी छात्राले काली मातालाई चढाउन काटिन् जिब्रो

Kali mata

 मध्यप्रदेश – भारतको मध्यप्रदेश राज्यमा एउटा निकै अचम्मको घटना सार्वजनिक भएको छ । १९ वर्षीया एक कलेजकी छात्राले आफ्नो मनोकाङ्क्षा पुरा हुने आशामा माता कालीलाई आफ्नो जिब्रो काटेर चढाएकी छिन् ।  मध्यप्रदेशको टीआरएस नामको कलेजमा पढिरहेकी आरती डुबेले सपनामा माता कालीले आफूलाई जिब्रो काटेर चढाए इच्छा पूरा हुने बताएको भन्दै अर्को दिन रिभा गाउँमा रहेको कालीको मन्दिरमा आफ्नो जिब्रो चढाउन पुगिन् ।

हुन त मानिसहरुले भगवानको नाममा आफ्नो शरिरका अरु अंग चढाएको घटना हामीले सुनिरहेका छौं तर आरतीले जे गरिन् त्यो निकै अचम्मको थियो किनभने उनी पढेलेखेकी किशोरी थिइन् । ‘मानिसहरुले आफ्नो इच्छा पूरा हुने आशामा मानिसहरुले शरिरका अंगहरु चढाउने गरेको यदाकदा सुन्ने गरिन्थ्यो ।तर यो केस निकै फरक छ । अशिक्षित मानिसहरुले समाजका अन्धविश्वासलाई मान्नु सहज मानिन्छ तर पढेलेखेका मानिसले यस्तो गर्दा पूरा समाजमा नै नकारात्मक असर पार्ने गर्दछ,’ स्थानीय पत्रकार श्याम मिश्रले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ