मुस्ताङमा सुख्खा पहिरोले यसरी थुनियो कालिगण्डकी, पहिरो हटाइयो (फोटो फिचर)

मुस्ताङमा सुख्खा पहिरोले यसरी थुनियो कालिगण्डकी, पहिरो हटाइयो (फोटो फिचर)

Jomsom kali (3)

जोमसोम । मुस्ताङको घरपझोङ गाउँपालिका १ छैरोमा गत राति सुख्खा पहिरो जाँदा थुनिएको कालिगण्डकी खुलेको छ । गएराति गएको पहिरोले गर्दा कालिगण्डकी पूर्ण रुपमा थुनिएर करिब १२ फिट गहिराईमा पानी जमेको थियो । विहान करिब ११ बजेपछि पानीको सतह केही बढेपछि पाहिरोलाई नाँघेर पानी बगेको स्थानीय सुकुन रर्सालीले जानकारी दिईन् ।

गत वर्षायाममा पनि बर्षाका कारण त्यस स्थानमा निकै क्षति पु¥याएको थियो । कालिगण्डकीमा पानीको मात्रा बढ्दा सोही स्थानमा पहिरो गई निकै क्षति पु¥याएको थियो । वर्षायामको पहिरोलो क्षति पु¥याएको स्थानमा केही दिन अगाडी गएको भुकम्पको पराकम्पन तथा हिउँ परेपछि माटो भिजेको हुँदा पहिरो गएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जानकारी दिएको । प्रहरीका अनुसार बाढीले क्षयीकरण भएको माटोमा रहेको रुख विरुवाहरु हावाले हल्लाउँदा पनि माटो कमजोर हुन गएको हो ।

गाउँपालिका अन्तरगतको वडा नं. १ छैरोमा छैरो छहरा गुम्बाको नाममा रहेको स्याउ बगान र स्थानीय मन प्रसाद विकको गरी करिब १०० रोपनी जमिन भासिएको स्थानीयले जानकारी दिए । जामिन भासिएर कालिगण्डकी थुनिएको विहान मात्र स्थानीय थाहा पाएर प्रशासनलाई जानकारी गराएका थिए । प्रशासनलाई विहान ९ बजे मात्र जानकारी भएको सहायक प्रमुख जिल्ला अधिकारी विशेश्वर रेग्मी बताए । जानकारी लगत्तै नेपाल प्रहरी, शसस्त्र प्रहरी बल र नेपाली सेनाको टोली उक्त स्थानमा खटिएको थियो । रेग्मीका अनुसार सुरक्षा निकाय लगायत मानवीय संसाधनले पहिरो हटाउन नसकिएपछि स्काभेटर प्रयोग गरी करिब ४ बजेतिर पहिरो हटाइएको हो ।

घरपझोङ गाउँपालिका अध्यक्ष आश बहादुर थकालीले तत्काल स्काभेटर प्रयोग गरी पहिरो हटाएपनि दीर्घकालिन रुपमा सुरक्षाका योजना बनाउने बताए । गत वर्षायाममा र अहिले गरी निकै ठूलो क्षति पुगेकाले उक्त स्थानमा तटबन्धन वा अन्य कुनै तवरबाटर दीघकालिन समाधानको उपाय अबलम्बन गरिने थकालीले जानाकरी दिए ।

खेतीयोग्य उर्बरा भूमि पहिरोले बगाएकोले स्थानीय चिन्तित बनेका छन् । सरकारले दिगो रुपमा रोकथामको उपाय नअपनाएकाले यो अवस्था आएको गणतान्त्रि गाउँ सुधार समितिका अध्यक्ष भिम बहादुर रसाईलीले बताए । खेतीयोग्य जमिन नै बगाएपछि किसानलाई निकै क्षति पुगेको रसाईलीको भनाई छ । ‘गत वर्षायाम र अहिले गरी निकै क्षति पुगेको छ, रोकथामका दीर्घकालिन उपाय अपनाउन नसके छैरो गाउँ नै जोखिममा छ’, उने भने ।

स्थानीय शंकर विकले हिउँद याममा भएर कम क्षति पुगको, वर्षायाम भएको भए निकै क्षति हुने बताए । विकका अनुसार कालीगण्डकी करिडोरले सडक निर्माण गर्दा लापारबाही गर्दा वडा नं. २ अन्तरगतको समाग्रीतिरको जमिनमा पनि निकै क्षति पु¥याएको छ । सडक निर्माणका क्रममा सडकमा जथाभावी पानी छाडिदिँदा सडक वरपरका जमिन निकै चर्किएर बस्ती नै जोखिममा परेको उनले जानकारी दिए । तत्काल समाधानको उपाय अबलम्बन नगरे वर्षायाममा उक्त स्थानमा अझ क्षति हुनेमा स्थानीयले चिन्ता व्यक्त गरे ।

  • तस्विरः भिम रसाइलीको फेसबुकबाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ