बाँदरको आक्रमणबाट गोरखाकी रेग्मी घाइते

बाँदरको आक्रमणबाट गोरखाकी रेग्मी घाइते

kalpana_regmi_

गोरखाको गण्डकी गाउँपालिका–४ फुजेलको ढावेमा बाँदरको आक्रमणबाट एक महिला घाइते भएकी छिन् ।

करीब ४२ बर्षकी कल्पना रेग्मी घाइते भएकी हुन् । सोमबार दिउँसो रोपाईमा जाने क्रममा बाटोमै उनलाई बाँदरको समूहले आक्रमण गरेको स्थानीय कुमार पाण्डेले जानकारी दिए ।

उनको स्थानिय मेडिकलमा सामान्य उपचार गरेर थप उपचारका लागि टेकु अस्पताल लगिएको पाण्डेले बताए । घाइते घिमीरेको निधार र देब्रे पाखुरामा चोट लागेको वडा सदस्य हस्तराज भण्डारीले जानकारी दिए । गोरखाको दरौँदी दैनीक पत्रिकाले यो खबर छापेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ