कमलपोखरी सेभेन ए साइडको उपाधि अक्सफोर्डले जित्यो

कमलपोखरी सेभेन ए साइडको उपाधि अक्सफोर्डले जित्यो

Kamalpokhari

पोखरा, १ वैशाख । पोखरा १३ स्थित कमलपोखरी जुनियर क्लबले आयोजना गरेको दोस्रो जुनियर कमलपोखरी कप—२०७५ यू–१९ सेभेन ए साइड फुटबल प्रतियोगिताको उपाधि अक्सफोर्ड एफसीले जितेको छ ।

आइतबार भएको फाइनल खेलमा रञ्जन मेमोरियल क्लबलाई २—० गोलले पराजित गर्दै अक्सफोर्डले उपाधि सहित ४२ हजार २ सय २२ रुपैँया हात पार्न सफल भयो । उपविजेतामा चित्त बुझाएको रञ्जन मेमोरियलले २२ हजार २ सय २२ रुपैँयाका साथमा दुवै टीमले शिल्ड, मेडल र प्रमाणपत्र प्राप्त ग¥यो ।

माछापोखरी खेल मैदानमा भएको निकै रोमाञ्चकारी फाइनल खेलमा अक्सफोर्डका तर्फबाट खेम गुरुङ र मिन गुरुङले गोल गरे । पहिलो हाफमा गोल रहित बराबरी भएकोमा दोस्रो हाफमा सम्हालिन नसक्दा रञ्जन मेमोरियलले एकतर्फी दुई गोल व्यहोरेको हो ।

प्रतियोगिताकै सर्वोत्कृष्ट खेलाडी नरेन्द्र मगरले उत्कृष्ट फरवार्डको विधागत उपाधि पनि जिते । यस्तै, उत्कृष्ट गोलरक्षक अञ्जन शाही, उत्कृष्ट डिफेण्डर मदन गुरुङ तथा ५ गोल गरेका खेम गुरुङ हाई स्कोरर बने ।

सेभेन ए साइड फुटबल संघका प्रथम उपाध्यक्ष खेमबहादुर गुरुङ, क्लबका अध्यक्ष बिधान रेग्मी, कार्यक्रम संयोजक लक्ष्मण गुरुङ, सचिव खोबहादुर गुरुङलगायतले विजेता, उपविजेता, उत्कृष्ट खेलाडीहरुलाई पुरस्कार प्रदान गरे । चैत २६ गतेदेखि सञ्चालित प्रतियोगितामा कूल ४० टीमको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ