एमालेको मात्र समाचार लेख्ने भनेर गालीगलौज गर्ने नेबिसंघका सदस्य ओझालाई प्रहरी कार्यालय झिकाईयो

एमालेको मात्र समाचार लेख्ने भनेर गालीगलौज गर्ने नेबिसंघका सदस्य ओझालाई प्रहरी कार्यालय झिकाईयो

Ganesh baral

मंसिर, १० पोखरा / पोखरान्यूज डटकमलाई गाली गलौज गर्ने पोखरा लेखनाथ महानगरपालिका वडा नम्बर ३२ स्थित राजचौतारा घर भएका रोशन ओझाले माफी मागेका छन् । नेवि संघका सदस्य २३ बर्षीय ओझाले आईतबार लिखित रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा माफी मागेका हुन । उनी त्रिवेणी ईन्टरनेश्नल कलेजमा स्नातक तह तेश्रो बर्षमा अध्ययनरत बिद्यार्थी समेत हुन ।

गत विहिबार पोखरान्यूजको अफिसियल फेसवुकमा ओझाले एमालेको मात्रै समाचार प्रकासित गरेको निराधार आरोप लगाउदै निच शब्द प्रयोग गरी म्यासेज गरे पछि पोखरा न्यूजका प्रकाशक÷सम्पादक गणेश बरालले जिल्ला प्रहरी कार्यालय कास्कीमा कारवाहीको लागि उजुरी दिएका थिए ।

उजुरीको आधारमा ओझालाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा वोलाई केरकार गरेसंगै ओझाले आफुले गम्भिर गल्ति गरेको स्विकार्दै आगामी दिनमा कसैलाई पनि यस्तो काम नगर्ने कसम खाए । उनले आफु आवेगमा आएर गल्ती गरेको स्विकार्दै यो घटनाले आफ्नो जिवनको लागि ठुलो पाठ सिकाएको बताए । ओझालाई जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरिक्षक अशोक सिंहले फोन गरे पछि मात्र आइतबार वेलुका करिब ६ बजे कार्यालयमा उपस्थित भएका हुन।

छलफलमा कास्कीका प्रहरी नायव उपरिक्षक थानेश्वर चापागाई, कास्कीका प्रहरी प्रवक्ता खड्ग बहादुर खत्री, पोखरा न्यूजका प्रकाशक÷सम्पादक गणेश बराल, स्वतन्त्र पत्रकार संघ नेपालका अध्यक्ष कृष्ण प्रसाद बास्तोला, खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठक, नेपाल पत्रकार महासंघ कास्कीका सह–सचिव दीननाथ बराल, ओझाको पक्षबाट तिर्थराज धमला, आकास पौडेल, विजय धमला रहेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds