कर्णराजको नयाँ गीत ‘त्यही केटीले’ सार्वजनिक (भिडियो सहित)

कर्णराजको नयाँ गीत ‘त्यही केटीले’ सार्वजनिक (भिडियो सहित)

KarnaRaj Tyo ketile

काठमाडौं । गायक कर्णराज गिरीको नयाँ गीत ‘त्यही केटीले’ सार्वजनिक भएको छ । म्युजिक भिडियो सहित सार्वजनिक गीत गिरीले युट्युव मार्फत बाहिर ल्याएका हुन् ।

आकर्षक भिडियोसहित सार्वजनिक गीतले दिन प्रतिदिन चर्चा बटुल्दै छ । ‘ह्याङ बनायौ’, ‘भाइरल भयो रे’, ‘फर्क परदेशी’, ‘देश रोइरहेको छ’ जस्ता गीत गाएर चर्चामा छाएका गिरीले गीत दर्शक श्रोताको रोजाइमा पर्ने बताए ।

म्युजिक भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र दुर्गेश थापाले अभिनय गरेका छन् । ‘तिम्रो आँखा गाजलु तिम्रो हेराई लजालु’ भन्दै दुर्गेशले शिल्पाको सुन्दरताको बयान गरेका छन् ।

कर्णराज गिरी आँफै संगीत भरेको गीतको भिडियो क्रान्ति केसीले निर्देशन तथा सम्पादन गरेका हुन् । भिडियो काठमाडौं भित्रै नै छायाँकन गरिएको हो ।

हेर्नुहोस भिडियो :

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ