कार्यकर्ताको हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको घोषणा

कार्यकर्ताको हत्या गरेको भन्दै जेठ १३ गते नेपाल बन्दको घोषणा

Biplop

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले जेठ १३ गते नेपाल बन्दसहितको चरणबद्व संघर्षका कार्यक्रमहरु घोषणा गरेको छ । विप्लवले केपी ओली नेतृत्वको सरकारले आफ्नो कार्यकर्ताको हत्या गरेको आरोप समेत लगाएका छन् ।

प्रहरीले गिरफ्तार गरी आफ्ना कार्यकर्ताको हत्या गरेपछि बुधबार एक विज्ञप्ति सार्वजनिक गर्दै महासचिव विप्लवले केपी ओली नेतृत्वको सरकारलाई सामाजिक फाँसीवादी सरकारको संज्ञा दिएका छन् ।

सांगठनिक कामको सिलसिलामा गत मंगलबार भोजपुर र खोटाङको सीमानामा पर्ने मैयुमको धोत्रेमा युवा संगठनका तीर्थराज घिमिरेलाई केपी ओली सरकारको ठाडो आदेशमा सुरक्षा फौजले गिरफ्तार गरी दोहोरो भीडन्तको नाममा हत्या गरेको भन्दै घोर आपत्ति जनाएका छन् ।

साथै सरकारको मनपरीविरुद्ध सबै क्षेत्रबाट जनआक्रोश देशव्यापी बढिरहेको भन्दै यही अवस्थामा आफ्नो पार्टीप्रति जनताको आकर्षण, विश्वास र भरोसा बढ्दै गएको पनि महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

यस्तै विप्लवले ओली सरकारको यस्तो निकृष्ट हर्कतको सबै मानवअधिकारकर्मी, नागरिक समाज, पत्रकारले डटेर विरोध गर्नुका साथै तीर्थराज घिमिरेको हत्या घटनाको सत्यतथ्य छानविन गरी सार्वजनिक गर्न माग समेत गरेका छन् ।

कार्यक्रमहरु
१० र ११ गते भण्डाफोर, कोणसभा
१२ गते देशव्यापी मसल जुलुस
१३ गते नेपाल बन्द

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ