रबिन्द्रको ह्याट्रिक क्षेत्रमा बामदेव ! धनराजको पनि आकांक्षा, बामदेव उठे रबिन्द्र मिश्र होमिने

रबिन्द्रको ह्याट्रिक क्षेत्रमा बामदेव ! धनराजको पनि आकांक्षा, बामदेव उठे रबिन्द्र मिश्र होमिने

bamdev rabindra dhanraj

पोखरा । मंसिर १४ गते हुने उपनिर्वाचन नजिकिरहँदा कास्की क्षेत्र नम्बर २ चर्चामा रहेको छ । यसको चर्चा किन पनि भएको हो भने, प्रतिनिधि सभाको लागि चुनाव हुने एकमात्र क्षेत्र हो यो । यस्तै, रबिन्द्र अधिकारीको ह्याट्रिक क्षेत्र हो भने सरकारको लोकप्रियताको मिनि जनमत संग्रहका रुपमा पनि हेरिएको छ । मुख्य दलहरुले आन्तरिक रुपमा उम्मेदवार तयार गरिरहेका छन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले कास्की क्षेत्र नं. २ बाट प्रस्तावित उपाध्यक्ष वामदेव गौतमलाई उम्मेदवार बनाउने तयारी गरेको छ ।

तत्कालिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री एवं कास्की–२ का निर्वा्चित सांसद रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा परी निधन भएपछि रिक्त स्थानमा गौतमलाई उम्मेदवार बनाउने तयारी भएको हो । पछिल्लो समय नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीनजिक भएसँगै शक्तिशाली बन्दै गएका गौतमलाई सांसद बनाएर संघीय संसदमा ल्याउन खोजिएको स्रोतले जनाएको छ । नेकपाको अब बस्ने सचिवालय बैठकले गौतमको उम्मेदवारीका विषयमा निर्णय गर्ने एक सचिवालय सदस्यले बताए ।

[bs-quote quote=”रविन्द्र पत्नी विद्यालाई माघपछि राष्ट्रियसभामा लैजाने, बामदेवलाई कुनै हालतमा जिताउने गरी पार्टी लाग्ने, कमाण्डर खगराज अधिकारी बनाउने, अधिकारीलाई पुनर्गठन हुँदा मन्त्री बनाईने, बामदेव कस्केली जनताको मन बुझ्न नेताकार्यकर्ता भेट्दै ” style=”style-5″ align=”left”][/bs-quote]

नेपाली कांग्रेसका धनराज गुरुङ आकांक्षी छन् । सम्भावना भएका युवा नेता धनराजलाई काँग्रेसले टिकट दिएको थिएन । यदि बामदेव उठेको खण्डमा साझा पार्टीका संयोजक रबिन्द्र अधिकारी होमिने तयारी रहेको श्रोतले जनाएको छ । गणेशमान पुत्र प्रकाशमान सिंहसँग झिनो मतान्तरले यसअघि उनी पराजित भएका थिए ।
प्रधानमन्त्री समेत रहेका नेकपाका अध्यक्ष केपी ओलीले गौतमलाई उपनिर्वाचनमा उम्मेदवार बन्न गौतमलाई प्रस्ताव गरेको उच्च स्रोतले जनाएको छ । ओलीको प्रस्तावलाई गौतमले पहिले अस्विकार गरेपनि अहिले कस्केली जनताको मन विचार गरिरहेको जनाईन्छ ।

यसअघि नेता गौतमले विभिन्न क्षेत्रबाट उम्मेदवार बन्ने चर्चा चलेको थियो । काँस्की क्षेत्र नं. २ बाट पनि उम्मेदवार बन्ने चर्चा थियो । तर, विरोध भएपछि गौतम ब्याक भएका थिए । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका थिए । गएको संसदीय निर्वाचनमा बर्दियाबाट पराजित बनेपछि नेता गौतम डोल्पा र काठमाडौंबाट उठ्ने चर्चा भएपनि अन्तिममा आएर स्थगन हुन पुग्यो ।

नेकपाका एक सचिवालय सदस्यका अनुसार अब बस्ने सचिवालय बैठकले गौतमका विषयमा आवश्यक निर्णय लिनेछ । स्रोतका अनुसार अधिकारी पत्नी विद्या भट्टराईलाई आगामी माघमा रिक्त हुने राष्ट्रियसभाको सदस्यमा लैजाने नेताहरुको तयारी छ । गौतमलाई उम्मेवादर बनाइ विजय बनाउनका लागि कमाण्डरका रुपमा नेकपा केन्द्रीय सदस्य एवं प्रतिनिधिसभाका सदस्य खगराज अधिकारीलाई अगाडि बढाउने नेताहरुको सोच छ ।

अधिकारीले गौतमलाई उम्मेदवारी बनाउने विषयमा स्थानीय नेता तथा कार्यकर्तासँग आन्तरिक छलफल गरेका छन् । अधिकारीलाई अब हुने मन्त्रीमण्डल पूर्नगठनमा मन्त्री बनाउने सहमती भएको पनि बताइन्छ । नेताहरुको ग्रिन सिग्नलपछि गौतमले पोखराका अगुवा नेता कार्यकर्ताहरुलाई छुट्टा–छुट्टै काठमाडौं बोलाएर आफ्नो सम्पर्क कार्यालय बालुवाटारमा गहन छलफल गरिरहेका छन् । जित्ने गरी पार्टी लागेको खण्डमा आफू होमिने तयारीमा रहेको गौतम निकट श्रोतले जनाएको छ ।

कतिपयले गौतमलाई कास्कीबाट नउठाइ रिक्त स्थानमा अधिकारी पत्नी भट्टराईलाई उठाउनु पर्ने धारणा पनि व्यक्त गरिरहेका छन् । भट्टराईसँगै पूराना नेता सोमनाथ प्यासि र युवा विद्यार्थी नेता रश्मी आचार्यलगायतका व्यक्तिहरुको पनि उम्मेदवारमा पोखरामा चर्चा छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds