‘नो हर्न’ कायम गर्न कास्कीका ट्राफिक असफल, स्याङ्जामा के होला ?

‘नो हर्न’ कायम गर्न कास्कीका ट्राफिक असफल, स्याङ्जामा के होला ?

traccif

पोखरा । करिब डेढ बर्ष अघि जिल्ला ट्राफिक कार्यालय कास्कीले सवारी साधनले जथाभावी हर्न बजाउँदा ध्वनी प्रदुषण भएको भन्दै पोखराका बिभिन्न मुख्य सडकमा ‘नो हर्न’ कार्यक्रम लाुग गर्याे । केही दिन निषेधित क्षेत्रमा हर्न बनाउने सवारी कारवाहीमा पनि परे । तर, प्रहरीको ‘नो हर्न’ कार्यक्रमले सर्वसाधरणलाई झन सास्ती थपेको भन्दै चौतर्फी बिरोध हुन थालेपछि प्रहरीले उक्त कार्यक्रमलाई निरन्तरता दिन असफल भयो ।

कास्की ट्राफिक प्रहरी असफल भएको ‘नो हर्न’ कार्यक्रम हाल जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाले लागु गर्ने निर्णय गरेको छ । प्रहरीले जिल्लाको वालिङ नगरपालिका र पुतली बजार नगरपालिकामा ‘नो हर्न’ नियम सुरु गरेको छ ।

ध्वनी प्रदुर्षणको कारण बच्चादेखि वृद्धवृद्धालाई असर परेको भन्दै नियम नमान्नेलाई जरिवाना लगाउने निर्णय भएको छ । अभियानलाई पूर्ण कार्यान्वयन गर्ने भन्दै जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक राजकुमार लम्सालले चरणबद्ध योजना बनाइने जानकारी दिए ।

पहिलो चरणमा पुतली बजार नगरपालिका र दोस्रो चरणमा वालिङ नगर भित्र पर्ने भकुण्डेदेखि मिर्दी चोकसम्म हर्न बजाएर ध्वनी प्रदुर्षण गर्न नपाइने लम्सालले बताए । जिल्ला प्रहरी कार्यालय स्याङ्जाको निर्देशनमा जिल्ला ट्राफिक प्रहरी कार्यालय स्याङ्जाको अनुरोधमा जिल्लाका २ नगरपालिकामा हर्न निषेधित क्षेत्र घोषणा गरिएको जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब उपरीक्षक रेशमबहादुर रानाभाटले बताए । १५ दिन सुझाव दिने समय तोकेको अभियान अटेर गरे पहिलो पटक ५ सय, दोस्रो पटक १ हजार गर्दै १५ सयसम्म जरिवाना लगाउने उनको भनाइ छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds