बझाङमा काठेपुलबाट खसेर भाईको ज्यान गयो, दाईको सकुसल उद्धार

बझाङमा काठेपुलबाट खसेर भाईको ज्यान गयो, दाईको सकुसल उद्धार

kathe-pool

बझाङ । बिहिबार बझाङमा काठेपुल बाट खसेर एक बालकाको मृत्यु भएको छ । तल्कोट गाँउपालिका वडा नम्बर १ सुनिकोटका नरेन्द्र बमका ६ बर्षिय छोरा पदम बमको सुनिगाडमा हालेको काठेपुलमा तर्ने क्रममा खसेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

दिउसो १२ बजे गाँउबाट मृतक पदम बम र उनका दाजु १२ बर्षिय विराज बम काफल खान जाने क्रममा खोला तर्न खोज्दा दुबै दाजु र भाई काठे पुल बाट खसेको स्थानीय बासिन्दाले बताएका छन् । नरेन्द्र बमका जेठा छोरा विराजलाई खोला नजीकै रहेका उनका काका सुदन बमले छोप्न सफल भए पनि कान्छालाई भने छोप्न नसकेर मृत्यु भएको उनका काका सुदन बलमे बताए ।

मृतक बम खोलाले बगाएर दुई किलो मिटर तल सब फेला पारेको प्रहरी नायब उपरिक्षक सुर्य बहादुर केसिले बताए । मृतकको सब जिल्ला अस्पतालमा पोष्टमार्टमपछि आफन्तको जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ