साझा पार्टीको कास्की संयोजकमा अर्जुनप्रसाद खनाल, महानगरमा मनकाजी गुरुङ [भिडियो]

साझा पार्टीको कास्की संयोजकमा अर्जुनप्रसाद खनाल, महानगरमा मनकाजी गुरुङ [भिडियो]

khanal gurung

पोखरा । साझा पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङ चयन भएका छन् । शनिबार एक कार्यक्रमका बीच खनाललाई जिल्ला संयोजक र गुरुङलाई महानगर संयोजकको रुपमा पार्टीले सार्वजनिक गरेको हो । कार्यक्रममा साझा पार्टीका केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टिका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।

साझा पार्टीको जिल्ला संयोजक घोषणा भएसँगै खनालले जिल्लाका सबै गाउँपालिकाहरुमा संगठन विस्तार अभियानलाई तीव्रता दिने बताए । ‘पार्टीको संगठनलाई स्थानियस्तरबाटै बलियो बनाउने कुरा मेरो प्राथमिकता रहनेछ । र, पार्टीले दिएको यो जिम्मेबारीलाई मैले सफलतापूर्वक निभाउने प्रयास गर्नेछु,’ खनालले भने ।

साझा पार्टीको कास्की जिल्ला संयोजक बनेका खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । उनी एक इन्भेष्टमेन्ट कम्पनीका अध्यक्षको रुपमा कार्यरत छन् भने आफ्नै लगानीमा होटल संचालन गरिरहेका छन् । सामाजिक अभियन्ताको रुपमा लामो समयदेखि सम्लग्न खनालले २५ भन्दा बढि देश भ्रमण गरिसकेका छन् ।

त्यस्तै साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङले नजिकिँदै गरेको उपनिर्वाचन भन्दा अगाडि नै महानगरका प्रत्येक वडामा संगठन विस्तार गरिसक्ने प्रतिबद्धता जनाए ।

‘निर्वाचनको क्रममा हाम्रो पार्टीको बलियो उपस्थिती यो क्षेत्रमा हुनेछ । र, उपनिर्वाचनमा पार्टीको प्रभाव छाड्नका लागि प्रत्येक वडामा संगठन विस्तार गर्ने काम तिव्रताका साथ अगाडि बढाउनेछु,’ गुरुङले भने ।

साझा पार्टीको पोखरा महानगर संयोजक बनेका गुरुङ कान्तिपुर एकेडेमीका प्राचार्य तथा संचालक हुन् । दीप यूनाइटेड क्लबका अध्यक्ष समेत रहेका गुरुङ नेशनल प्याब्सनका कास्की जिल्ला सचिव समेत हुन् । अध्ययन, भ्रमण र समाजसेवामा रुची राख्ने गुरुङ कास्कीको अर्मलामा जन्मिएका हुन् ।

के भने खनाल र गुरुङले ? [भिडियो]

https://www.facebook.com/bigfmpokhara/videos/619683695104147/

संगठन विस्तारको क्रममा रहेको साझा पार्टीले अन्य जिल्लाहरुमा पनि संयोजक घोषणा गर्ने क्रमलाई तीव्रता दिएको छ । यही क्रममा आगामी असोज ३ गते पार्टीले गोरखा जिल्ला संयोजक घोषणा गर्ने कार्यक्रम तय भएको साझा पार्टी गण्डकीका संयोजक महेश भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ