अपराध शून्य सहनशीलतामा जोडः प्रहरी महानिरीक्षक खनाल

अपराध शून्य सहनशीलतामा जोडः प्रहरी महानिरीक्षक खनाल

45380292_507461719729885_7828014239867469824_n

सुन्दरकुमार थकाली, मुस्ताङ । प्रहरी महानिरीक्षक सबेन्द्र खनालले समाजमा हुने अपराध तथा हिंसाका घटनालाई शून्य सहनशिलताको आधारमा न्यूनिकरण गर्नुपर्ने बताएका छन् । नागरिकको जीउधन र अमैनचैन स्थापित गर्ने निकाय प्रहरी भएकाले यसमा आवद्ध कर्मचारी ईमान्दार र निष्ठानवान रहनुपर्ने सुझाए ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङको नवनिर्मित दुई तले पक्की भवनको सोमबार एक समारोहकाबीच उद्घाटन गर्दे महानिरीक्षक खनालले समाजमा औपाचारिक र अनौपचारिक दुई किसिमको संगठन हुने उल्लेख गरे ।महानिरीक्षक खनालले प्रहरी सेवालाई व्यवसायिकरण गर्न खोज्नु अर्को अपराध हुने बताए ।

हिमालपारीको जिल्ला धार्मिक तथा पर्यटकिय दृष्ट्रिले प्रसिद्ध रहेको उल्लेख गर्दे खनालले आन्तरिक तथा बाह्य पर्यटकलाई मोहित बनाएर पुनः फर्किएर यही आउने वातावरण सृजना गर्न समूदाय र प्रहरीले सभ्यता पस्कनु पर्ने सूझाए ।


प्रहरी निरीक्षक खनालले पछिल्लो समय मुस्ताङप्रतिको क्रेज राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा चुलिएको चर्चा गर्दै राजमार्ग बिस्तारको स्तर बृद्धि संगै पर्यटक आगमनले यसको व्यवस्थापनका लागि स्थायी प्रहरी दरबन्दी पूरा गर्न पहल गर्ने उद्घोष गरे ।

उनले उत्तरी कोरलानाका नजिकका प्रहरी ईकाईहरुमा भएको प्रहरी दरबन्दी तथा भौतिक संरचना निर्माणमा प्रदेश प्रहरीको समन्वयमा गृहमन्त्रालय मार्फत पूरा गरिने जानकारी दिए । ‘प्रहरी सेवा नागरिक मैत्री हुन वान्छनीय छ।प्रहरी संगठन क्षणिक महोत्काँक्षा र लालसामा अल्झिनु हुदैन,’उनले भने,‘समृद्ध नेपाल ,सुखी नेपालीको सपना साकार पार्न उच्च मनोवलका साथ कार्यसम्पादन गरेर मुस्ताङवासीको मन जित्न लाग्नुहोस् ।’

समाजमा सुशासन तथा कानुनको पहुच पू¥याउन प्रहरी प्रधान कार्यालयले समूदाय–प्रहरी अभियानको अवधारणा ल्याएको उल्लेख गर्दे प्रहरी महानिरीक खनालले यसले शान्ति सुरक्षा तथा अपराध नियन्त्रणका साथै दिगो बिकास गर्न सहजता हुने दावी गरे ।

उनले भने ‘नेपाल प्रहरीले आफ्नो गरिमा र साखमा आच आउने खालका गतिविधि गर्न हुदैन , गलत कार्य गर्ने,समाजलाई प्रदुषित बनाउने र गरिव,निमूखा र साानालाई मात्र कानुन लाद्ने कुरा क्षम्य हुन सक्तैन ,अपराधिक मानसिकता बोकेका सबै कानुनका भागिदार रहन्छन् भन्ने सन्देश दिनुपर्छ।’

गण्डकी प्रदेशका प्रहरी प्रमुख दानसिंह बोहराले जहाँ समाज ,त्यहा अपराध सृजना हुने भएकाले यसको व्यवस्थापनका लागि प्रहरी संगठन निष्ठावान भएर लाग्नुपर्नै सुझाए । उनले अपराध नियन्त्रण र अपराध अनुसन्धानमा नेपाल प्रहरीसहित नागरिक समाज र स्थानीयतहको भूमिका महत्वपूर्ण हुने बताए ।

जिसस प्रमूख छिरिङ ल्हामो गुरुङले पछिल्लो समय यातायातको बिकास तथा पर्यटक आगमनले थप बिकृति बिसङ्गति भित्रिने सक्ने भएकाले यसतर्फ प्रहरी संगठन सचेत हुनुपर्ने सुझाईन् ।

प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीले मुस्ताङको प्रहरी दरबन्दी अनुसार एक प्रहरीले १३ बर्गकिलोमिटर र ४७ जना नागरिकको जिम्मेवारी बहन गर्नु परेतापनि छरिएको पातलो बस्तीका कारण सेवा प्रवाह असहज भैईरहेको बताए ।उनले हिमालपारीको जिल्ला मुस्ताङमा प्रहरीको ईकाई सिमित र यहाँको भौतिक संरचना कमजोर रहेकाले पूर्वाधार बिकास गरेर १२ महिना तोकिएको स्थानबाट सेवा प्रवाह गर्नसक्ने वातावरण बनाउन प्रहरी प्रधान कार्यालयलाई अनुरोध गरे ।


जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक महेन्द्र खड्काले नेपाल प्रहरीको भौतिक पूर्वाधार बिकासका लागि नेपाल सरकारको नियमित बजेट २ करोड ५३ लाख ६५ हजार लागतमा दुईतले भवनको निर्माणकार्य पूरा भएको बताए ।

मुस्ताङमा नेपाल प्रहरीको विधिवत सेवा २०२५ सालबाट भएको उल्लेख गर्दै खड्काले मुस्ताङ दक्षिण सिमाना घासा देखि उत्तरी कोरलानाका सम्म १९ वटा प्रहरी ईकाई रहेको जानकारी दिए । प्रहरी प्रमूख खड्काले यहाँको अधिकाँश प्रहरी ईकाईको कार्यालय तथा आवास भवन र जग्गा समेत नभएकाले दैनिक कार्यसम्पादन असहज भएको उल्लेख गरे । उनले भौगालिक बिकटताका वातवारणअनुकुलित संरचना निर्माण तथा जनशक्ति बृद्धि गर्न आग्रह गरे ।

गण्डकी प्रदेशका टिएसटी प्रमूख ईन्जिनीयर चर्तुभुज बोहराले नवनिर्मित भवनको प्राविधिक प्रतिबेदन प्रस्तुत गरेका थिए । यसअघि प्रहरी महानिरीक्षक खनालसहितको टोलिले नव निर्मित प्रहरी भवनको अवलोकन गरेका थिए । खनाललाई सो अवसरमा मुस्ताङ प्रहरीले सलामी अर्पण गरेको थियो ।कार्यक्रम प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले कार्यालयका तर्फबाट अतिथिहरुलाई मायाको चिनो उपहार प्रदान गरे ।


मुस्ताङको नवनिर्मित कार्यालय भवन उद्घाटनका लागि महानिरीक्षक खनालसहित नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालसहित ४ जनाको टोली सोमबार मुस्ताङ आएको हो । खनालसहितको टोलीले प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथको दर्शन गरेको छ ।महानिरीक्षक सर्बेन्द्र खनाल यसअघि २०५२ सालमा पनि मुस्ताङ आएका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ