मृत अवस्थामा भेटिए म्याग्दीका भलिबल खेलाडी खड्का

मृत अवस्थामा भेटिए म्याग्दीका भलिबल खेलाडी खड्का

dead_body_graphic_IDDO7oI7GM_2UNlSjdmCL

पर्वत : मंगलबारदेखि बेपत्ता भएका म्याग्दीको धवलागिरी गाउँपालिका ४ खाम्लाका एक युवक मृत अवस्थामा फेला परेका छन्।

 मंगलबार साँझदेखि सम्पर्कविहीन भएका २५ वर्षीय मनबहादुर खड्का खाम्लादेखि ताकम जाने बाटोमा पर्ने भिरमा मृत अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायव उपरीक्षक बीरबहादुर बुढाले जानकारी दिए। शव भेटिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय दरवाङको टोली घटनास्थलमा गएर खड्काको शव सदरमुकाम बेनी ल्याएको छ।

खड्काको शवलाई परीक्षणको लागि बेनी अस्पतालमा राखिएको छ। उनको मृत्युको कारण हत्या वा आत्महत्या के हो? भन्ने बारेमा अनुसन्धान थालिएको पनि म्याग्दी प्रहरीले जनाएको छ। मृतक खड्का म्याग्दीका राम्रा भलिबल खेलाडी थिए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ