बुलबुलको ‘खुद्राखाद्री’ गीत सार्वजनिक, निश्चल र रजिनाको आवाजमा स्वस्तिमा र मुकुन कम्मर मर्काउँदै (भिडियाे)

बुलबुलको ‘खुद्राखाद्री’ गीत सार्वजनिक, निश्चल र रजिनाको आवाजमा स्वस्तिमा र मुकुन कम्मर मर्काउँदै (भिडियाे)

bulbul

चलचित्र ‘बुलबुल’ टीमले ‘खुद्राखाद्री’ बोलको गीत बिहिबार सार्वजनिक गरेको छ । ‘फ्लास मुब’ शैली अपनाएर युनिटले पोखरा सहित देशका विभिन्न ठाउँहरुमा गीतलाई सार्वजनिक गरिएको हो । आउँदो तिहारमा देउसीभैलोका लागि गीत उपयुक्त छ । त्यसैले पनि बुलुबुल युनिटले तिहारको छेकेमा गीत सार्वजनिक गरेको हो ।

लोकलयको ‘खुद्राखुद्री’ बोलको गीत यही कात्तिक १५ गते काठमाडौको काठमाडौँ मल ,पोखराको चिप्लेढुंगा चोक, बुटवलको ट्राफिक चोक, नारायणघाटको नारायणी किनार र बिर्तामोडको हनुमान कम्प्लेक्समा एकै समयमा रिलिज गरियो ।

पोखराको मानवअधिकारचोक चिप्लेढुङ्गामा पनि सोहि शैलीमा गीतको सार्वजनिक गरियो । गीतमा एसके डान्स स्कुलका ३० जना कलाकारहरुले नृत्य प्रस्तुत गरेका थिए । एक्कासी बजेको गीतमा उनिहरुले नृत्य प्रस्तुत गर्दा दर्शक अचम्मित परे । पोखरेली माग्ने बुढा युवराज भण्डारी र धुर्मुस राजेन्द्र नेपालीले पनि आफ्नो प्रस्तुति मार्फत दर्शकलाई हँसाए ।

नेपालका पाँच सहरमा एकसाथ विशेष कार्यक्रमका बिच भएको दिनको ४ बजे एकै समयमा ‘फ्लास मुब’ शैलीमा सार्वजनिक गरिएको चलचित्र निर्माता अबिरल थापाले जानकारी गराए । चलचित्रको गीतमा छरिएर बसेका डान्सरले अचानक नाचेको दृष्य हेर्न लायक थियो । सामान्य तरिकाले यात्रा गरिरहेकाहरु अचानक के भयो भनेर अचम्मित परेका थिए । फिल्मका मुख्य कलाकार काठमाण्डौ थिए भने निर्माता अविरल पोखरा आए ।

https://www.facebook.com/bulbulmovie/videos/554405448346064/

निर्माण पक्षले यो शैली सम्भवत चलचित्रको गीत सार्वजनिक गर्ने सवालमा नेपालमा नौलो भएको र यसको प्रयोगको चर्चाको विषय हुने विश्वास लिएको छ । बजारमा नाचे सँगै युटयुव र मिडियाहरु मार्फत पनि एकै समय संसारभर गीत सार्वजनिक गरिएको छ ।

भक्तपुरको हेलमेट डाँडामा पच्चीस वटा टेम्पो र १०० जनाको कोरस सहित छायांकन गरिएको गीतको कोरियोग्राफी विराज गहतराजले गरेका हुन् । यस गीतमा निश्चल बस्नेत र रजिना रिमालको स्वर रहेको छ भने गीतको लेखन र संगीत कोशिस क्षेत्रीले गरेका हुन् ।

चलचित्रका निर्माता अविरल थापाले गीत छायांकनमा जम्मा १८ लाख खर्च भएको र गीत यति रमाईलो छ कि दर्शक श्रोताको कानमा परेपछि र नाच हेरेपछि जो कसैले पनि कम्मर नभाँची र हातखुट्टा नहल्लाई बस्नै नसक्ने दाबी गरे । उनले प्रेमिल भावका रचिएको गीत सबैको मुखमुखमा झुण्डिने र बजारमा आफनो चलचित्रको गीतले तरंग ल्याउने र नयाँ रेकर्ड कायम गर्न सक्ने पनि बताए ।

सो गीतमा स्वस्तिमा खड्का र नयाँ नायक मुकुन भुसालको जोडदार नृत्य र नयाँ नयाँ ठूम्का हेर्न पाईन्छ । गीतलाई माया गरिदिन उनले सबैलाई आग्रह गरे । थापा आफैं पनि कार्यक्रममा नाचेका थिए ।

चलचित्रमा स्वस्तिमा खडकाका अलावा नवनायक मुकुन भुषाल, बुद्धि तामाङ्ग, दिपक क्षेत्री, लक्ष्मी बर्देवा, जोयश पाण्डे, उज्वल अधिकारी, सृष्टि भट्टराई आदिको अभिनय रहेको छ । चलचित्रमा अविरल थापा लगायतको लगानी छ भने यसका कार्यकारी निर्माता रामराजा दाहाल हुन् । चलचित्रको छायांकन सुसन प्रजापतिले गरेका हुन् ।

चलचित्र बुलबुलले यस अघिनै आगामी फागुन ३ गते चलचित्र रिलिज डेट सार्वजनिक गरिसकेको छ । त्यसअघि भ्याएसम्मका विश्वका मुख्य फिल्म महोत्सवहरुमा सहभागी भइसक्नेछ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ