पाँचथरमा खुकुरी प्रहार गरी एकैदिन ९ जनाको हत्या

पाँचथरमा खुकुरी प्रहार गरी एकैदिन ९ जनाको हत्या

काठमाडौँ – पाँचथरको मिक्लाजुङ गाउँपालिका-३, आरुबोटे भन्ने स्थानमा दुई परिवारका ९ जनाको खुकुरी प्रहार गरी विभत्स हत्या गरिएको छ । पाँचथरका प्रमुख जिल्ला अधिकारी मुरारी वस्तीका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज लिम्बु, २६ वर्षीया मनकुमारी लिम्बु, छ वर्षीया इक्सा लिम्बु, १३ वर्षीया योवना लिम्बु, आठ वर्षीया मुना लिम्बु, ७४ वर्षीय बमबहादुर लिम्बु, नाम प्राप्त नभएकी बमबहादुरकी श्रीमती र १२ वर्षीया आशिका खजुम लिम्बूको विभत्स हत्या भएको हो ।

मुखुण्डो लगाएर आएको समूहले हत्या गरेकाे जनाइएकाे छ ।  प्रमुख जिल्ला अधिकारी वस्तीका अनुसार हत्याराले ढोका थुनेर सामूहिक हत्या गरेका छन् । उनले भने, ‘गाउँलेले थाहा पाउलान् भनेर हत्याराले ढोका थुनेर हत्या गरेर भागेको गाउँलले बताए । ढोका थुनेपछि हामफालेर भाग्न खोज्दा १ जनाको खुट्टा भाँचिएको छ । उनी घाइते छन् । स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भन्ने जानकारी आएकोछ । खुकुरी प्रहार गर्न लाग्दा हामफालेर भाग्न खोज्दा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी हुन् ।

वस्तीका अनुसार गएराति विभत्स घटना भएपनि घटनाबारे जानकारी आज बिहान पौने ६ बजे मात्रै उनलाई आएको थियो । घटनाबारे जानकारी आउने वित्तिकै नजिकैको प्रहरी चौकीबाट प्रहरी खटाइएको उनले टेलिफोनमा जानकारी दिए । उनले भने, निकै विभत्स घटना भयो । जानकारी पाउने वित्तिकै नजिकैको चौकीबाट प्रहरी पठाइयो भने । जिल्ला प्रहरी कार्यालयबाट डिएसपीसहितको टोली पनि घटनास्थल गइसकेको छ ।

वस्तीका अनुसार नजिकैको चौकीबाट घटनास्थल २०-२२ किलोमिटर टाढा छ भने सदरमुकामबाट करिव ६० किलोमिटर टाढा पर्छ । नजिकैको चौकीबाट गएको प्रहरीले अहिले प्रारम्भिक विवरण लिइरहेको उनले जानकारी दिए । विकट ठाउँ र कच्ची बाटो भएकोले तत्काल घटनास्थलमा प्रहरी पुग्न नसकेको उनले बताए ।

गाउँलेको भनाइ उद्धृत गर्दै वस्तीले दिएको जानकारी अनुसार गाउँपालिका अध्यक्षसहित जनप्रतिनिधि घटनास्थलमा पुगेका छन् । प्रजिअ वस्तीले डिएसपी नेतृत्वको टोली घटनास्थल पुगेपछि मात्रै थप विवरण आउने बताए ।

एकसाता अघिमात्रै पाँचथरमै एक १५ वर्षीया किशोरीको घाँटी रेटेर हत्या भएको थियाे । हिलिहाङ–४, पञ्चमीकी शीतल योङहाङको हत्या भएको थियाे तर ङटनामा संलग्न कसैलाइ पनि प्रहरीले पक्राउ गर्न सकेकाे छैन । उनकाे शव घर नजिकैको खोल्सामा घाँटी आधा रेटिएको अवस्थामा फेला परेको थियाे ।

-अद्यावधिक गरिएको

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ