नगरपालिकाले दियो विपन्न किसानलाई निःशुल्क बंगुरको पाठा

नगरपालिकाले दियो विपन्न किसानलाई निःशुल्क बंगुरको पाठा

kisanlai bangurko patha bitaran lamjung (2)

श्यामशितल परियार, लमजुङ लमजुङको सुन्दरबजार नगरपालिका–२, परेवाडाँडाका किसानलाई बंगुरको पाठा प्रदान गरिएको छ । सुन्दरबजार नगरपालिका पशु सेवा शाखाले स्थानीय दलित, विपन्न र भुकम्प प्रभावित ३० जना किसानलाई धराने कालो जातको बंगुरको पाठा प्रदान गरेको हो ।

दलित, विपन्न किसानलाई व्यावसायिक बंगुरपालनमा लागी आय–आर्जन बढाई जीवनस्तर उकास्नप्रोत्साहन स्वरुप प्रति किसानलाई एक/एक वटा बंगुरको पाठा वितरण गरिएको सुन्दरबजार नगरपालिका पशु सेवा शाखाका प्रमुख डा.शुलव चौधरीले जानकारी दिए ।

उहाँका अनुसार धरानबाट प्रति बंगुरको पाठा ६ हजार मूल्यमा खरिद गरी ल्याई गाउँमै पुगी किसानलाई निःशुल्क बंगुरको पाठा वितरण गरिएको हो । बंगुरको पाठा पाएका प्राय सबै किसानको बंगुर पाल्ने खोर छ ।

सुन्दरबजार नगरपालिका वडा नं २, परेवाडाँडाका वडाअध्यक्ष जगतबहादुर खड्का, सुन्दरबजार नगरपालिका कार्यपालिका सदस्य शान्ता भुजेल र पशु सेवा शाखा प्रमुख डा. चौधरीले संयुक्त रुपमा किसानलाई बंगुरको पाठा वितरण गरेका हुन् ।

बंगुरको पाठा पाउँदा किसानहरु खुशी भएका छन् । ‘निःशुल्क बंगुरको पाठा पाउँदा खुशी मिलेको छ । अब व्यावसायिक ढंगले बंगुरपालन गरी आम्दानी बढाई जीवनस्तर माथि उकास्न लागिपर्छौँ,’ स्थानीय किसान हिरा कुमालले भनिन् ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds