लमजुङको कोईरालाफाँटमा १७ रोपनी जग्गामा खेल मैदान निर्माण

लमजुङको कोईरालाफाँटमा १७ रोपनी जग्गामा खेल मैदान निर्माण

khel maidan koirala fant (3)

श्यामशितल परियार, लमजुङ । लमजुङको सुन्दरबजार नगरपालिका–१०, कोईरालाफाँटमा रहेको कोईरालाफाँट युवा क्लवले ‘इलाभन ए साइड’ खेल मैदान निर्माण गरेको छ ।

सुन्दरबजार नगरपालिका, वडा, स्थानीय जयबहादुर दुराका साथै देश–विदेशमा रहेका सहयोगी व्यक्तिहरुको सहयोगमा क्लवले १७ रोपनी जग्गामा पार्किङसहितको खेल मैदान निर्माण गरेको हो ।

यसअघि, क्लवको ‘सेभेन ए साईड’ खेल मैदान थियो । गाउँघरमा लुकेर रहेका खेल प्रतिभाको उजागरका साथै स्थानीयस्तरबाटै राष्ट्रियस्तरका खेलाडी उत्पादन गर्ने लक्ष्यका साथ अहिले खेल मैदान विस्तार गरी ‘इलाभेन ए साइड’ खेल मैदान निर्माण गरिएको क्लवका अध्यक्ष तीर्थराज ढकालले जानकारी दिए ।

उनका अनुसार क्लवले १२ लाख खर्चेर किनेको ११ रोपनी जग्गा र स्थानीय जयबहादुर दुराले दान गरेको ६ रोपनी जग्गा गरी कुल १७ रोपनी जग्गामा खेल मैदान फैलिएको छ ।

गएको माघ १५ गतेबाट सुरु भएको खेल मैदान निर्माण कार्य फागुन ८ गते सकिएको हो ।

नव–निर्मित खेल मैदानको लम्बाई १ सय मिटर र चौडाई ७० मिटर रहेको छ ।

खेल मैदानमा प्याराफिट, तटवन्ध, रिटेनिङ वाल, वेस्ट वालका साथै भवन निर्माण गर्ने लक्ष्य क्वलले लिएको छ ।

जयबहादुर दुराले आफ्नो स्वर्गीय बुवा सुवेदार मेजर टेकबहादुर दुरा र स्वर्गीय आमा धनश्री दुराको स्मृतिमा नगद २ लाखको साथमा ६ रोपनी जग्गा खेल मैदान निर्माणका लागि क्लवलाई प्रदान गरेका हुन ।

यस्तै, खेल मैदान सम्याउनका लागि सुन्दरबजार नगरपालिकाकाले सहयोग गरेको हो । सुन्दरबजार नगरपालिका वडा नं १० ले खेल मैदान निर्माणको लागि गतवर्ष २ लाख विनियोजन गरेकोमा यसवर्ष पनि ३ लाख रुपैयाँ विनियोजन गरेको छ ।

च्वाईस नेपालले ५० हजार रुपैयाँका सहयोग गरेको छ । खेल मैदान निर्माणमा देश–विदेशमा रहेका विभिन्न सहयोग व्यक्ति तथा संघसंस्थाले पनि सहयोग प्रदान गरेको कोईरालाफाँट युवा क्लवले जनाएको छ । क्वले नयाँ खेल मैदानमा फागुन १४ गते मंगलबारबाट नवौँ कोईरालाफाँट रनिङ शिल्ड फुटबल प्रतियोगिता सञ्चालन गर्दैछ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ