तनहुँको मानुङकोट र दमौलीमा सुटिङ गरिएको सुनिल गिरीको ‘कोसेली’ गित बजारमा (भिडियो सहित)

तनहुँको मानुङकोट र दमौलीमा सुटिङ गरिएको सुनिल गिरीको ‘कोसेली’ गित बजारमा (भिडियो सहित)

koseli sunil giri

तनहुँ । युवा पुस्ताका लोकप्रिय चर्चित गायक सुनिल गिरी र पुनम मिश्रको आवाजमा ‘कोसेली’ बोलको गीतको भिडियो सहित आइतबार सार्बजनिक भएको छ ।

शब्द र संगीतमा गायक गिरि कै रहेको ‘कोसेली’ बोलको गीतको भिडियो गिरीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।

गायक गिरिको गृहजिल्ला तनहुँको मानुङकोट र दमौलीको बिभिन्न रमणिय ठाउमा गितको भिडियो खिचिएको छ ।

गाउँले परिवेशमा उक्त गितको भिडियो तयार गरिएको छ ।

यस अघि नै धेरै हिट गीत दिइसकेका गायक गिरीका ‘को होला त्यो’, ‘देउराली भन्ज्याङ’, ‘कस्तो यो मन’, ‘सोल्टिनी’ जस्ता उत्कृष्ट गीतहरुलाई दर्शकहरुले अत्याधिक मन पराइसकेका छन ।

गायक गिरीले आफै अभिनय गरेको उक्त गीतमा उनलाई साथ दिएकी छन अन्जली मगरले । गिरि र मगरको साथमा भिक्टोरिया डान्स एण्ड एक्टिङ स्कुलका कलाकारको समेत अभिनय रहेको छ ।

आशिष अबिरलको संगीत रहेको गीतलाई प्रबिन भट्टले सम्पादन गरेका छन ।

उक्त गीतमा अबिनाश मानन्धरले ड्रोन चलाएका छ्न l ड्रोन मार्फत मानहुकोट र दमौलीको दृश्य उत्कृष्ट देखाइएको छ ।

भिडियोलाई सर्जन थापा मगरले निर्देशन गरेका छन् ।

कुहिरोको उत्पत्ति थलो मानुङ

व्यास नगरपालिकाको पर्वतीय डाँडो मानुङ प्राकृतिक हिसाबले धनी छ नै यसको पौराणिक र सांस्कृतिक महत्र्व पनि उत्तिकै छ ।

आधा दर्जन हिम शृखलाको दृश्यावलोकन र दमौली बजार तथा आसपासका साना बजार दृश्यावलोकन यहाँको महत्र्वपूर्ण पक्ष हो ।

कुहिरोको उत्पत्तिसमेत यसै डाँडाबाट भएको जनविश्वास छ ।

परापूर्वकालमा व्यासपिता ऋषि पराशरले माझीपुत्री मत्स्यगन्धासँगको रासलीलालाई गोपनीय बनाउन कुहिरो सिर्जना गरेको किंवदन्ती छ ।

हालसम्म दमौली सहर ढिलो घाम लाग्ने र हिउँदमा कुहिरोको सहरका रूपमा चिनिन्छ ।

यो कुहिरोको सिर्जना मानुङ डाँडाबाट भएकाले यस ठाउँलाई छुट्टै महत्र्वपूर्ण पर्यटकीय गन्तव्यका रूपमा लिने गरिन्छ ।

सांस्कृतिक हिसाबले धनी मगर समुदायको बसोवासस्थल र होमस्टेका कारण मानुङको माध्यमबाट पर्यटक भित्र्याउन सकिने विश्वास धेरैको छ ।

व्यास नगरपालिकाले पनि मानुङ र कालिका जंगलपार्कलाई पर्यटकीय स्थलका रूपमा विकास गरेर थप पर्यटक भित्र्याउने लक्ष्य राखेको छ ।

भिडियो हेर्नुहोस् : 

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ