पर्वतको कुश्माबाट एक महिलालाई बलात्कार गर्ने दुई भारतीय प्रकाउ

पर्वतको कुश्माबाट एक महिलालाई बलात्कार गर्ने दुई भारतीय प्रकाउ

rape-parbat

पर्वत । जबर्जस्ती करणी गरेको आरोपमा पर्वत प्रहरीले दुई जनालाई प्रकाउ गरेको छ । प्रकाउ पर्नेमा कुश्मा नगरपालिका–६ न्यूरोड बस्ने भारत बिहार प्रदेश मोतिहारी जिल्लाका २९ बर्षिय आलोक शाह र सोही स्थानका ३३ बर्षिय अजय गुप्ता रहेका छन् ।

फागुन ४ गते राति एक महिलालाई मादक पदार्थ सेवन गराई पटक–पटक जबर्जस्ती करणी गरेको प्रहरीको भनाई छ ।

प्रकाउ परेकालाई जिल्ला अदालतवाट योनजन्य प्रकृतिका अपराध अन्र्तगत करणी सम्वन्धी कसुर मुद्धामा अनुसन्धानका लागि ७ दिन म्याद थप गरि अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय पर्वतका कार्यालय प्रमुख प्रहरी नायव उपरिक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ