पर्वतमा यस्तो नगरप्रमुख, जसले विपद्मा परेका र ज्येष्ठ नागरिक सहयोग अभियान चलाए

पर्वतमा यस्तो नगरप्रमुख, जसले विपद्मा परेका र ज्येष्ठ नागरिक सहयोग अभियान चलाए

1538472637841

महेन्द्र जिसी, पर्वत । कुश्मा नगरपालिकाका प्रमुख र उपप्रमुखले घरैमा पुगेर जेष्ठ नागरिक सम्मान अभियान सञ्चालन गरेका छन् ।

नगरका प्रमुख रामचन्द्र जोशीले आफुले पाउने सबै सरकारी सुविधाले विपतीमा परेका वालवालिका, स्कुल पढ्न नसक्ने दीर्घ रोग लागेका र जेष्ठ नागरीकहरुलाई सहयोग गर्ने अभियान चलाएका हुन् ।

उमेर ८० नाघेका जेष्ठ नागरीकहरु हिँडडुल गर्न नसक्ने र परिवार सबैले सम्मान गर्नुपर्ने भन्दै नगर प्रमुखले यो अभियान सञ्चालन गरेका हुन् । नगरपालिकाका १४ वटै वडाका जेष्ठ नागरीकहरुलाई सम्मान गर्ने जनाएका छन् ।

कुश्मा नगरपालिकाले नगरभित्रका ९१ जना जेष्ठ नागरिकलाई घरघरै पुगेर सम्मान गर्ने अभियान चलाएपछि नगर प्रमुख सहितका जनप्रतिनिधि पुगेका हुन्  । आफ्नो पारिश्रमिकबाट जोशीले स्कुले बालबालिकालाई शैक्षिक सामग्री, विद्यालय पोसाक र नगदसमेत सहयोग गर्दै आएका छन् । नगर पालिकाले वडा नं. एक देखि अभियान सञ्चालन गरेर सबै वडाका जेष्ठ नागरीकहरुलाई घरैमा पुगेर सम्मान गरिने नगर प्रमुख जोशीले बताए ।

बुढ्यौली उमेरका जेष्ठ नागरिक सम्मान लिनकै लागि नगरपालिकासम्म आउन नसक्ने भएका कारण घरैमा पुगेर सम्मान गर्ने अभियान चलाएको जोशीले बताए । यसरी घरमा पुगेर वृद्धवृद्धा सम्मान गर्दा जेष्ठ नागरीकको आत्मसम्मान हुने उनको भनाई छ ।

नगरप्रमुखको हैसियतमा पाउने सबै सरकारी सुवीधा यस्तै कार्यक्रम गरेर कार्यकाल पुरा गर्ने जोशीले बताए । विभिन्न नगर पलिकाका आयोजना अनुगमन र वडा स्तरका कार्यक्रममा पुग्दा जेष्ठ नागरीकहरुको घरैमा पुगेर नगर प्रमुख उप प्रमुखहरुले सम्मान अभियानलाइ निरन्तरता दिईएको उपप्रमुख सिता काफ्ले लामिछानेले बताईन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ