तँ बुढी भइस्, अर्की ल्याउँछु भन्दै छिमेकी महिलासँग मिलेर श्रीमतीमाथि कुटपीट

तँ बुढी भइस्, अर्की ल्याउँछु भन्दै छिमेकी महिलासँग मिलेर श्रीमतीमाथि कुटपीट

kutpit-mahila

सिन्धुली । दुधौली नगरपालिका वडा नं-३ को निपाने कालापानीकी एक महिलालाई श्रीमानले छिमेकी महिलाको सहयोग लिएर कुटपीट तथा यौन दुव्र्यवहार गरेका छन् । ४४ वर्षीय डस्नी कुमँरलाई बैशाख ३० गते श्रीमान ५० वर्षीय सञ्चा कुमँरले छिमेकी २७ वर्षीय बेलवति कुमँरको सहयोगमा श्रीमतीमाथि कुटपीट तथा दुव्र्यवहार गरी घाइते बनाएका छन् ।

बैशाख ३० गते मदिरा सेवन गरी घरमा आएर श्रीमती डस्नीलाई भुँईमा लडाई छातिमाथि चढी लात्ती र मुड्कीले कुटपीट गर्नुका साथै भात, दाल, अचार यौनीमा कोचिदिएको पीडितले बताइन् । ‘आफुलाई श्रीमानले विगत २, ३ वर्षदेखि अर्की श्रीमती ल्याउँछु, तँ बुढी भइस् भन्दै कुटपीट गर्दै आएको’ पीडित डस्नीले बताइन् ।

त्यस्तै उनका श्रीमानले छिमेकी महिला वेलवतिले श्रीमानको आदेशमा ३१ गते घरमा आई ढुंगाले हानेर थप घाइते बनाएपछि वडा सदस्य धन कुमारी घिमिरे, मेलमिलापकर्ताहरु सहित पीडित महिलाका छोरा हिरन कुमँर र दाजु लुदा कुमँरले बुधबार जिल्ला अस्पताल सिन्धुलीमा उपचारका लागि ल्याएका छन् । पीडक बेलमतिका श्रीमान बैदेशिक रोजगारमा छन् ।

पीडितको उपचार एकद्वार संकट व्यवस्थापन केन्द्रको सहयोगमा जिल्ला अस्पतालमा भइरहेको छ भने जिल्ला प्रहरी कार्यालय महिला तथा बालबालिका सेवा केन्द्र सिन्धुलीमा पीडक विरुद्ध उजुरी दर्ता भएको छ । थप घाउजाँच केश गरेर कारवाहि अगाडि बढाइने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी चक्र बहादुर सिंहले बताए । rajdhanidaily.com

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ