कास्की माछापुच्छ्रेमा खेल पछि मादक पद्धार्थ सेवन गरी कुटपिट गर्ने ६ जना पक्राउ

कास्की माछापुच्छ्रेमा खेल पछि मादक पद्धार्थ सेवन गरी कुटपिट गर्ने ६ जना पक्राउ

Untitled

कास्की माछापुच्छ्रे गाउँपालिका वडा नं १ स्थित हिमाली आधारभुत विद्यालयको खेल मैदानमा आयोजित मैत्रीपूर्ण खेलमा शनिबार मादक पद्धार्थ सेवन गरी झै झगडा गर्ने ६ जना पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय कास्कीका अनुसार रुम्जा र मिर्सा गाउँका खेलाडी बिच मैत्रिपुर्ण खेल खेलिरहँदा सामान्य बिवाद भएको र उक्त खेल समाप्ति पश्चात सोही साँझ पुरानो खेल खेल्दाको सानो बिवादलाई लिई मादक पदार्थ सेवन गरी कुटपिट गर्दा रुम्जा गाउँकी चन्द्र कुमारी पुन, धन बहादुर मगर, आनन्द कुमार पुन, सुजन पुन सख्त घाईते भएका थिए ।

प्रहरी चौकी सार्दिखोला कास्कीबाट खटिएको प्रहरी टोलिले कुटपिट गर्ने कास्की माछापुञ्छे गाउँपालिका १ मिर्सा गाउँका ३० वर्षीय खजना गुरुङलाई नियन्त्रणमा लिएको थियो । पछि फरार रहेका ५ जनालाई पक्राउ गरी सार्वजनिक गरिएको हो ।

पक्राउ पर्नेहरु खजना सहित मिर्साकै २० वर्षीय विधान गुरुङ, २४ वर्षीय दले गुरुङ, २५ वर्षीय लक्ष्मण गुरुङ, २२ वर्षीय उमेश गुरुङ र ३० वर्षीय हिमाल गुरुङ रहेका छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ