लागुऔषध विरुद्ध दमौलीको भादगाउँमा लर्निङ होमको सचेतना कार्यक्रम

लागुऔषध विरुद्ध दमौलीको भादगाउँमा लर्निङ होमको सचेतना कार्यक्रम

learning home

तनहुँ । तनहुँको व्यास १ भादगाउँस्थित लर्निङ होम फाउन्डेसन नेपालले र्दुव्यसनविरुद्ध सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।

कार्यक्रममा फाउण्डेशनका कार्यक्रम संयोजक अमृतबहादुर थापाले लागुऔषध दुव्र्यसन समाज विकासको मूल बाधक तत्व भएको औंल्याउँदै अब हरेक युवाले लागुऔषध र्दुव्यसनको खुलेर प्रतिवाद गर्नुपर्ने बताए ।

व्यास १ स्थित रतौलीमा भएको कार्यक्रममा संयोजक थापाले किशोरावस्थाका युवाहरु बढी लागूऔषधको लतमा रहेको भन्दै यसबाट बच्न सजग हुनुपर्ने बताए ।

साथै लागुपदार्थको लतमा लागेर हाल नयाँ आशाका किरण सुधार गृहमा सुधार गरिरहेका युवाहरुले र्दुव्यसनमा लाग्नु अघि र र्दुव्यसनमा लाग्दै गर्दा र अहिले सुधार लिइरहँदा आफ्नो अनुभव सुनाएका थिए ।

संस्थाका परामर्शकर्ता प्रितम श्रेष्ठले विगतमा नजानिंदो तवरले लागुपदार्थको लतमा फसेको र धेरै दुख कष्ट भोगेको अनुभव सुनाउँदै अबका युवा पिंढी त्यो दर्दनाक अवस्थामा नपुग्न तथा लागु पदार्थर्को लतमा नफसुन भन्ने उद्देश्यका साथ संस्था स्थापना गरेको जानकारी दिए ।

संस्थाका सदस्य ईश्वर बाँस्तोलाले लागुऔषधले पुर्याउने असर र यसका न्युनिकरणका उपायका बारेमा प्रकाश पारेका थिए ।

कार्यक्रममा अभिभावकले कसरी आफ्नो बालबच्चाको निरानी गर्ने तथा लागुपदार्थको प्रयोग गरेको छ कि छैन भनी कसरी थाहा पाउनेको बारेमा जानकारी दिईएको थियो ।

कार्यक्रममा २० जना भन्दा बढी अभिभावकहरुको सहभागिता रहेको थियो । स्थापनाकाल देखि नै लागुऔषधको विरुद्धमा हुने विभिन्न प्रकारमा चेतनामुलक कार्यक्रम प्राविधिक एवंम् परामर्शसेवा निःशुल्क रुपमा सहयोग गदै आएको संस्थाले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ