दमौलीमा जारि लखन स्मृति कपको फाइनलमा आदिकवि भानुभक्त ए र बि बीच भिडन्त हुने

दमौलीमा जारि लखन स्मृति कपको फाइनलमा आदिकवि भानुभक्त ए र बि बीच भिडन्त हुने

lakhan2
तनहुँ । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा आइतबारदेखि दमौलीमा सुरु भएको छैटौं लखन स्मृति कपको फाइनलमा दुई टिम पुगेको छ ।
प्रतियोगिताको चौथो दिन दुई खेल सम्पन्न भएको छ । बुधबार दमौली कलेज र आदिकवि भानुभक्त कलेज (बि) बिच भएको पहिलो खेलमा आदिकवि कलेज (बि) ३-१ गोलअन्तरले बिजयी भएको छ । त्यस्तै मिन मावि थर्पु र आदिकवि भानुभक्त कलेज (ए) बीच भएको दोस्रो खेलमा १-० गोलअन्तरले आदिकवि भानुभक्त कलेज (ए) बिजयी भएको छ ।
बिहिबार फाइनल खेल हुने खेल संयोजक अनिल थापा मगरले जानकारी दिए । नेपालका प्रथम सहिद लखन थापा मगरको १४२औं स्मृति दिवसको अवसरमा उक्त प्रतियोगिता आयोजना गरिएको हो । नेपाल मगर विद्यार्थी संघ तनहुँको आयोजनामा अन्तर कलेज सेभेन ए साइड खुल्ला छैटौं लखन स्मृति कप भएको हो ।
नेपालका प्रथम सहिद लखन थापा लाई सम्मान दिलाउन र  खेलको माध्यमबाट राज्यलाई रचनात्मक दबाब दिन सो प्रतियोगिता गरिएको आयोजकले जनाएक छन ।

माघ २७ गते आइतबारदेखि सुरु भएको खेल फागुन २ गते सम्म जारी रहने छ । प्रतियोगितामा प्रथम हुने टिमले नगद २५ हजार ५५५ र दोस्रो हुने टिमले १५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन । जिल्लाका विभिन्न कलेजका १४ वटा टिमले प्रतियोगितामा सहभागीता जनाएको खेल संयोजक अनिल थापा मगरले जानकारी दिए ।

प्रतियोगितामा बेस्ट प्लेयर, बेस्ट स्कोरर, बेस्ट किपर लाई समेत ट्रफी र मेडल दिइने खेल संयोजक मगरले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ


This will close in 2 seconds