लामगादेको व्यवसाय; सुनमा शालिग्राम सजाउँदै

लामगादेको व्यवसाय; सुनमा शालिग्राम सजाउँदै

shalgram

सुन्दरकुमार थकाली, मुस्ताङ । मुस्ताङको कालिगण्डकी करिडोरको तटिय क्षेत्रमा पाईने शालीग्रामलाई सुन चाँदी जस्ता गरगहनामा सजाएर बिक्री गर्ने गर्छन् मुक्तिनाथ ज्वेलर्सका प्रोपाईटर भेषराज लामगादे । पुथाङ एयरपोर्टको नजिकै उनको ज्वेलर्स पसल छ । स्थानीय सेवाग्राहीलाई सुन चाँदी बिक्री गर्ने मात्र गर्दैनन् उनले । सुनचाँदीमा शालीग्राम सजाएर यहाँ आउने स्वदेशी तथा बिदेशी पर्यटकलाई बिक्री गर्दे आईरहेका क्षमतावान कालिगढको रुपमा परिचित हुँदै आएका छन् ।

ठुला सहर र बजार तिर धेरै ज्वेलर्स पसले तथा कालिगढले सुनचाँदीका बिभिन्न थरीका गरगहना बनाउने देखि बिक्री गर्ने गरेको पाईएको छ । तर,त्यहाँ शालग्राम मिलाएर गरगहना सजाउने गरेको सुन्नमा पाईएको छैन् ।तर जोमसोमका लामगाडे मात्र यस्ता कालिगढ हुन् जसले ब्रम्हा ,बिष्णु र महेश्वरको रुपमा पुजा गरिने त्रिदेवता रुपि प्रतिमूर्ति शालग्राम ढुङ्गालाई औठी ,लकेट र बाला आदीमा पत्थरको रुपमा समिश्रण गरेर नौलो प्रकारको गहना तयार गर्दै आईरहेका छन् ।

ज्वेलर्सका प्रोपाईटर कालिगढ लामगादेले स्थानीय व्यक्तिहरुले संङ्कलन गरेर ल्याएका शालग्राम खरिद गरेर यो काम गर्दै आईरहेको बताउछन् । ‘शालग्रामलाई चुन चाँदी जस्ता गरगहनामा नयाँ डिजाईन भरेर काम गर्ने काम यही आएर सुरु गरेको हुँ ।व्यवसायलाई फराकिलो र कला देखाउने अवसर पनि हो,’लामगाडेले भने,‘भारतिय पर्यटकले शालग्रामको महत्व राम्ररी बुझेका छन् ।यसलाई गहना मिसाएर सजाएको देख्दा उनीहरु शालग्राम मिश्रित गहना खरित्न बाध्य हुन्छन् ।’

लामगाडेले सिजनका बेला एकै दिनमा शालग्राम मिश्रित सुनचाँदी बेचेर दशौ हजारको कारबार गर्दै आईरहेका छन् । ‘मैले स्थानीयले मेहनत गरी खोजेर ल्याएको शालग्रामको पनि राम्रै मुल्य दिएको छु ।मैले पनि मेहनत अनुसारको राम्रै मुल्य पाएको छु ।’उनले भने ।उनले व्यसायलाई स्थानीय सेवाग्राहीको मात्र नभई भारतिय पर्यटकको रुचिलाई मध्यनजर गर्दै यो काम सुरु गरेको खुलाए ।काँचो सुनचाँदी गरगहना तयार पार्न कालिगढलाई मेहनत उक्तिकै लाग्छ ,त्यसमा शालग्रामलाई तताएर सानो आकार दिएर सजाउनु पनि उक्तिकै परिश्रम खर्चिनु पर्छ ।

हिजो आज उनको ज्वेलर्स पसलमा भारतिय पर्यटकको लस्करनै लाग्ने गरेको छ ।पूथाङ नजिकै जोमसोम बिमान स्थल वरपर थुप्रै बिदेशी पर्यटक लक्षित होटल छन् ।त्यहाँ पर्यटकको धुईरो लाग्ने भएकाले पनि लामगाडेको ज्वेलर्स पसल आर्कषर्णको केन्द्र रहेको होटल मेजस्टी संञ्चालक निशान तुलाचनले बताए ।जोमसोमका ज्वेलर्स संञ्चालक लामगाडेको जोमसोम मात्र होईन उनको पोखराको सिबालयचोक र बिरौटामा पनि यस्तै पसल छ ।उनले स्थानीय सेवाग्राहीको माग र चाहना अनुसारको गरगहना यही बसेर तयार गर्ने गर्छन् ।उनको यसप्रकारको सेवाले यहाँ हुँने बिवाह ,ब्रतबन्ध आदीमा समेत छिटो छरितो सेवा प्रवाह गर्दै आईरहेको स्थानीय तोप बिकले बताए ।


मुस्ताङको पर्यटकिय क्षेत्र मुक्तिनाथ,कागबेनी र जोमसोम स्थानीयहरुले शालग्राम खोजेर बिक्रि गर्ने गरेका छन् ।भगवानको ३ रुपका महत्वपूर्ण मानिने भएकाले स्वदेशी पर्यटकले पनि मुस्ताङबाट खरिद गरेर लैजाने गरेको पाईन्छ ।यहाँ पाईने शालग्राम व्यक्तिगत प्रयोजन बाहेका व्यवसायिक रुपले निकासी पैठारी गर्न कानुनी बन्देज भएको प्रहरी नायब उपरिक्षक महेन्द्र खड्काले बताए ।बिशेषगरी हिन्दुधर्मालब्बीहरुले शालग्रामलाई बिष्णु भगवानको रुपमा पुजा गर्ने गरेको मुक्तिनाथ पर्यटक व्यवसायी मानबहादुर थकालीले जनाए ।

मुस्ताङको कालिगण्डकी तटियक्षेत्र शालग्रामको खानीकै रुपमा चिनिन्छ ।लोघेकर दामोदरकुण्ड गाउँपालिको दामोदरकुण्ड धाममा शालग्रामको मुख्य केन्द्र हो ।यहाँका उत्पती भएका शालिगण्डकी नदीले बगाएर थासाङ गाउँपालिका सम्म ल्याई पु¥याउछ ।लोघेकरको ढि,सुर्खाङ,यारा,घारा हुँदै घीलिङको खोला किनारामा बिशेष रुपमा शालग्राम पाईन्छन् ।

त्यस्तै वारागुङ मुक्तिक्षेत्रको छुसाङ ,कागबेनी र जोमसोममा पनि शालग्राम पाईने जोमसोमका स्थानीयहरुको भनाई छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ