लमजुङमा सुस्त मनस्थितिकी महिलामाथि जबर्जस्ती गरेको आरोपमा धादिङका तामाङ पक्राउ

लमजुङमा सुस्त मनस्थितिकी महिलामाथि जबर्जस्ती गरेको आरोपमा धादिङका तामाङ पक्राउ

rape-sexual-abuse-784×441

लमजुङ । मस्र्याङदी गाउँपालिका – ४ घर भएकी राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलामाथि जबर्जस्ती करणी भएको स्थानीयले बताएका छन् । २८ वर्षीया ती महिलालाई करणी गरेको आरोपमा प्रहरीले धादिङको रुबीभ्याली गाउँपालिका ६ खादिङ घर भएका मस्र्याङ्दी गाउँपालिका ४ ताघ्रिङमा बस्दै आएका ३३ वर्षीय पहलमान तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार अपरान्ह ४ बजे घरमा बसिरहेकी अवस्थामा ती महिलालाई तामाङले करणी गरेको आरोप लागेको छ । घटनाबारे स्थानीयले खबर गरेपछि प्रहरीले घटनास्थलबाटै ती आरोपी युवकलाई पक्राउ गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक रवीन्द्रमान गुरुङले युवकविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता गरेको बताए । जिल्ला अदालतबाट दशदिनको म्याद थप गरी अनुसन्धान थालिएको उनले बताए । राम्रोसँग बोल्न नसक्ने सुस्त मनस्थिति भएकी महिलाले आफूमाथि जबर्जस्ती करणी भएको बताएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ