२६ दिनदेखि हराएका अजयको लास भेटियो, एक जना अझै बेपत्ता

२६ दिनदेखि हराएका अजयको लास भेटियो, एक जना अझै बेपत्ता

annurnapurna camp
मनाङ : अन्नपूर्ण पदमार्गबाट १६ दिनअघि हराइरहेकामध्ये एकजनाको शव फेला परेको छ।
टुरिष्ट गाइड अजय ढकालको शव मनाङ ङिस्याङ गाउँपालिका अन्तर्गत ढिकुरपोखरी नजिकको क्याङली भिरमा शुक्रबार फेला परेको जिल्ला प्रहरी कार्यलय चामे मनाङका प्रहरी निरीक्षक श्रवेन्द्रकुमार विकले जानकारी    दिए ।
ढकालसँगै रहेका हल्याण्डका नागरिक डोलोमा डेसिलेन्टको अवस्था भने अज्ञात छ। ढकालको शव उनका दाइले पहिचान गरेका हुन्।
उनको शव पोष्टमार्टमका लागि हेलिकोप्टरबाट शनिबार नै काठमाडौं लगिँदैछ। हराएका डेसिलेन्टको भने खोजी जारी रहेको प्रहरी निरीक्षक विकले बताए।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ