पोखरामा श्रीमती मार्न दुई जनालाई १० लाख दिने श्रीमान् यिनै हुन्, आफ्नो अर्कीसँग प्रेम ! (भिडियोसहित)

पोखरामा श्रीमती मार्न दुई जनालाई १० लाख दिने श्रीमान् यिनै हुन्, आफ्नो अर्कीसँग प्रेम ! (भिडियोसहित)

hatyaraa

मकवानपुर घर भई पोखरा १० रामबजारमा मोवाईल पसल गरी बस्ने ३५ बर्षिय रमेश नेपालीले श्रीमती २८ बर्षिया लक्ष्मी नेपालीलाई मार्न १० लाख रुपैयामा डिल गरेको खुलेको छ । असार १ गते श्रीमतीलाई औषधी गर्न जाने भन्दै पोखरा २२ पुम्दिभुम्दिस्थित ठुल्ढुङगाको जंगलमा मारेर फालेको अवस्थामा प्रहरीले अस्थिपन्जर फेला पारेको थियो ।

कास्कीका प्रहरी प्रमुख एसपि दानबहादुर कार्की सहितको टोलीले घटनाको अनुसन्धान थालेको छ । लक्ष्मीको अस्थिपन्जर बुधबार बिहान फेला परेको हो । लक्ष्मीका श्रीमान्ले श्रीमती हराएको भन्दै प्रहरीमा खोजी गर्न निबेदन दिएका थिए । त्यतिमात्र होईन, आफै युट्युब मिडियामा अन्तर्वार्ता दिँदै बनावटी कुरा बोल्दै गोहीको आँशु समेत झारेका थिए । आफ्नो प्रेम सफल पार्न ९ वर्षको छोरा र ७ वर्षकी छोरीको भविष्य समेत नहेरी श्रीमती मार्न खोजेको खुलेको छ ।

प्रहरीमा दुई दिन पछि आफै जाहेरी

असार १ गते घटना भए पछि रमेश पत्नीको खोजी गरिदिन भन्दै पोखरा महानगरको वडा नम्बर १५, वडा प्रहरी कार्यालय रामबजार र जिल्ला प्रहरी कार्यालय कास्कीमा जाहेरी दिएका थिए । १ लाख ५० हजार लिएर पत्नी घर नफर्कंदा छोराछोरी बिचल्लीमा परेको जाहेरीमा उल्लेख छ ।

रमेशको क्रियाकलापलाई प्रहरीले शंका गरेर घरमा खोजतालस गर्दा लक्ष्मीले प्रयोग गरेको मोबाइल, सिक्री लगायत सामग्री घरमै भेटाएको थियो । अनुसन्धानको घेरो साँघुरो बनाउँदै जाँदा रमेशमाथि नै प्रहरी केन्द्रित गर्दा रमेशलाई केरकार गर्दा उनले सबै बेलीविस्ता लगाए । अस्थिपञ्जरसँगै भेटिएका कपडा र जुत्ताको आधारमा आफन्तले शव लक्ष्मीकै भएको प्रहरीलाई बताए ।

लामो समय देखी उनी आफन्त एक युवती सगँ प्रेम जालमा थिए । आफ्नो प्रेम सफल बताउन श्रीमती तगारो बनेको रमेशले महशुस गरे । त्यसपछि श्रीमतीको मार्ने योजना बनाएको प्रहरीको भनाई छ । लामो समयदेखि खुट्टामा समस्या भएकी श्रीमती लक्ष्मीलाई जडिबुटी खोज्ने भन्दै असार १ गते रमेशले पुम्दीभुम्दीस्थित जंगलमा लगेका थिए ।

आफू जंगलतिर छिरेपछि २ जना सहयोगीले लक्ष्मीको ह*त्या गरेको प्रहरीसामु रमेशले बताएका छन् । १० लाख रुपैयाँ दिने सर्तमा मान्छे लगाएर श्रीमतीको ह*त्या गरेको प्रहरीसँगको प्रारम्भिक बयानमा बताएका छन् । रमेशका अनुसार कबोल गरेको १० लाखमध्ये ६ लाख रुपैयाँ दिएको र बाँकी ४ लाख दिन बाँकी छ । मार्ने काममा संलग्न २ मध्ये १ जनालाई समातिसकेको बताईन्छ ।

https://youtu.be/DkNvNxlr77I

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ