लायन्सको दोस्रो क्याबिनेट बैठक तनहुँको दमौलीमा हुने: नेपालभरका २५ सय बढि लायन्स सदस्यको उपस्थिति रहने

लायन्सको दोस्रो क्याबिनेट बैठक तनहुँको दमौलीमा हुने: नेपालभरका २५ सय बढि लायन्स सदस्यको उपस्थिति रहने

Lions-Cabinet Meeting-Press-meet

तनहुँ । लायन्स क्लव डिष्टिक ३२५ बि १ को दोस्रो क्याबिनेट बैठक तनहुँको दमौलीमा हुने भएको छ । मंसिर ७ र ८ गते बैठकमा ३२५ बि १ मा अाबद्ध ३५० भन्दा बढि क्लवका सदस्यको उपस्थिती रहने अायाेजकले जनाएकाे छ ।

कार्यक्रमको मुख्य आयोजक डिष्ट्रिक्ट ३२५ वि १ रहेको छ भने लायन्स क्लव अफ तनहुँ, लायन्स क्लव अफ तनहुँ व्याससिटि, लायन्स क्लव अफ तनहुँ भानुभक्त, लायन्स क्लव अफ तनहुँ सत्यवती र लायन्स क्लव अफ तनहुँ दमौलीको संयुक्त रुपमा व्यवस्थापन गर्नेछन् ।

१०१ बर्ष अगाडि स्थापना भएको लायन्स क्लवले सामाजिक क्षेत्रको बिकासमा महत्वपूर्ण सहयाेग पुगेकाे भन्दै लायन्स डिष्टिक गभर्नर अशाेककुमार श्रेष्ठले तनहुँ जिल्लाको शिक्षा, पर्यटन, स्वास्थ्य, अपाड्गताको क्षेत्रमा लायन्सले महत्वपूर्ण सहयाेग पुरयाएको जानकारी गराए ।

तनहुँको विविधताको प्रचार गरी पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउने उद्देश्यले दोस्रो क्याबिनेट बैठक तनहुँमा आयोजना गरिएको डिष्ट्रिक्ट गभर्नर अशोककुमार श्रेष्ठले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए । ‘नेपाल भरिका लायन्सकर्मीको तनहुँमा हुने जमघटले तनहुँको धार्मिक, सांस्कृतिक र पर्यटकीय क्षेत्रको प्रचारप्रसार हुनेछ,’ उनले भने, ‘तनहुँको विकासमा योगदान पुग्नेछ ।’

बैठकमा देशभरका २ हजार ५ सय भन्दा बढि लायन्स सदस्यकाे उपस्थिति रहने कार्यसम्पादन समितिका संयाेजक सुरेन्द्र पाैडेलले जानकारी दिए । बैठकबाट क्लबको नियमित कार्य योजनाको कार्यान्वयन गर्ने, डिष्ट्रिक्टले हालसम्म गरेका क्रियाकलाय अनुमोदन र आगामी कार्ययोजना परिमार्जन गर्ने कार्यसम्पादन समितिका संयोजक पौडेलले जानकारी दिए ।

८ गते शान्ति पद यात्रा, घोषणा सभा तथा फलोसिपमा २ हजार ५ सय जना भन्दा बढी लायान्सकर्मीहरुको सहभागी रहने पौडेलले बताए । दमौलीका राम्रा होटलका अभाव र सोही समयमा आदिवासी जनजाति साँस्कृतिक एवं पर्यटन महोत्सव जारी रहनाले बैठकका सहभागीहरुलाई बन्दीपुर लगायत दमौली आसपासका क्षेत्रका होमस्टेमा बसाइको व्यवस्थापन गरिने पौडेलले जानकारी दिए ।

लायन्स क्लबले २०१८/१९ “लिभिङ वाइ गिभिङ” भन्ने उद्देश्यका साथ फरक क्षमता भएका व्यक्तिहरुलाई सहयोग गर्दै आएको छ । जसमा ५ सय वटा ह्विलचियर, १ हजार २ सय २० जनालाई सेतो छडी र २ सय जनालाई इयरिङ एड वितरण गरिसकेको गभर्नर अशोककुमार श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ