दौडेर राजा हुने मन छ ? गोरखाको लिगलिगकोट जानुस्

दौडेर राजा हुने मन छ ? गोरखाको लिगलिगकोट जानुस्

ligligkot

गोरखा  । हरेक वर्ष हुँदै आएकोे ऐतिहासिक लिगलिगे दौड यस वर्ष पनि हुने भएको छ । आगामी अशोज २८ हुने दौडको तयारी तिब्र पारिएको छ । ‘तयारी तिब्र रुपमाा भइरहेको छ’ लिगलिकोट बिकास अभियानका अध्यक्ष पुर्णबहादुर रानाले भने ‘लिगलिगकोटको ऐतिहासिक पहिचान जोगाउन हामी लागि परेका छौ ।’

गोरखा राज्यको उत्पत्ति भएको स्थान लिगलिगेकोट दौड जितेर राजा भएको परम्परालाई बचाइराख्न लिगलिगकोट बिकास अभियानले विगत ९ वर्ष देखि दौड प्रतियोगिता गर्दै आएको छ । यसवर्ष दौडको पुरस्कार राशी पनि बढाइएको छ । दौडमा पहिलो हुनेलाई राजा घोषणा गर्दै श्रीपेचको साथमा ६० हजार १ सय रुपैयाँ पुरस्कार दिईने आयोजकले जनाएको छ ।

प्रतियोगितामा दोस्रो हुनेलाई नगद ३५ हजार १ सय, तेस्रो हुनेलाई २५ हजार एक सय, चौँथोलाई १२ हजार एकसय, पाँचौँ हुनेलाई ७ हजार एकसय, मेडल प्रमाण पत्र पुरस्कार दिईने आयोजक समितिका अध्यक्ष रानाले दिए । ‘यसवर्ष देखि पुरस्कार र विद्या पनि बढाएका छौ’ उनले भने ‘अहिलेबाट बालबालिकाहरुको इभेन्ट पनि थपिएको छ ।’ यो विद्यामा १० औ हुने सम्मका लागि क्रमश पुरस्कारको व्यवस्था गरिएको छ ।

चेपे र मस्र्यादी नदिको दोभान चेपेघाट बाट सुरु हुने दौड ठाँटीपोखरी, बडडाँडा, सभाचौतारा, बिजुलेडाडाँ, खोल्डीगाउँ हुँदै नेपालको ऐतिहासिक स्थल लिगलिगकोटको कोटगढीमा पुगेर सकिने आयोजकले बताएको छ । १३ किलोमिटरको उक्त दौड पुरा गरेर जो पहिले पुग्छ उसलाई पहिलो पुरस्कारको साथमा राजा घोषणा हुँदै श्रीपेच पहि¥याइने रानाले बताए ।

बडडाँडाबाट कोटगडी सम्मको ५ किलो मिटर महिला खुल्ला दौडमा प्रयोगिता पनि सञ्चालन हुने अध्यक्ष रानाको भनाई छ ।  उक्त प्रतियोगितामा पहिलो हुनेले  २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।  १३ किलोमिटर दुरीको उक्त दौडमा खुल्लासँगै लिगलिगबासीको छुट्टै प्रतिस्पर्धा हुनेछ ।  जसमा साबिकको सातसय लिगलिग भित्रका धावकहरुले मात्र प्रतिस्पर्धा गर्न पाउनेछन् । उक्त विद्यामा पहिलो हुनेले २० हजार ५, दोश्रो हुनेले १२ हजार ५, तेश्रो हुनेले ७ हजार ५ रुपयाँका साथमा मेडल र प्रमाणपत्र पाउने छन् ।

यसैगरी यस वर्ष देखि थप भएको १५ देखि १८ वर्ष सम्मका बालबालिकाहरुको लागि ३ किलोमिटरको दौड गरिने आयोजकले बताएको छ । उक्त प्रतियोगितामा पहिलो हुने ५ हजार १, दोश्रो हुनेले ३ हजार १, तेश्राो हुनेले २ हजार १ रुपयाँ मेडल र प्रमाणपत्र पुरस्कार पाउने आयोजकले बताएको छ ।

बिसं १९१६ सालमा द्रब्यशाह राजा बनेपछि हुन छाडेको दौड विगत नौ वर्ष देखि स्थानिय युवाहरुको पहलमा हरेक वर्ष सञ्चालन हुँदै आएको हो । सुरुमा केही स्थानीयको पहलमा सुरु भएको लिगलिगे दौडले राष्ट्रिय मान्यता समेत हासिल गरेको छ । ‘राष्ट्रिय खेलकुद बिकास समिति, पर्यटन बोर्ड, पालुंटार नगरपालिका लगायतले सहयोग गर्दै आउनुभएको छ’ अध्यक्ष रानाले भने ‘यतिले नपुगे चन्दा संकलन गरेर पनि प्रतियोगिता गर्दै आइरहेका छौ ।’ नौ वर्ष देखि निरन्तर प्रतियोगिता गर्नाले आन्तरिक खेलकुद प्रवद्र्धनमा मद्दत पुग्नुका साथै लिगलिगकोटको प्रचारप्रसारमा समेत सहयोग पुगेको आयोजकको दाबी छ । अशोज २८ दौड सँगै विविद्य सास्कृतिक कार्यक्रम समेत हुने बताईएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds