लोकसभाको नतिजा सुनेपछि लालु यादवले खानै छोडे खाना

लोकसभाको नतिजा सुनेपछि लालु यादवले खानै छोडे खाना

lalu-yadav750x375

भारत । भारतमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएपछि बिहारका पूर्व मुख्यमन्त्री तथा आरजेडी प्रमुख लालु प्रसाद यादवले खाना खान छोडिदिएका छन् ।

राँचीको रिम्स अस्पतालमा भर्ना भएका लालुको उपचार गरिरहेका चिकित्सकहरूले उनको स्वास्थ्य एकदमै खराब हुँदै गइरहेको बताए । लोकसभा चुनावमा आरजेडीले एक सीट पनि जित्न सकेन ।

रिम्सका चिकित्सक उमेश प्रसादले बताए, ‘उहाँको दिनचर्या ध्वस्त भएको छ । विगत दुई दिनमा लालु बिहानको खाजा त जसरीतसरी खानुहुन्छ तर दिउँसोको खाना खानै छोड्नुभयो । बिहान अलिकति खाएपछि एकैचोटि बेलुकाको खाना खानुहुन्छ । यसले गर्दा उहाँलाई इन्सुलिन दिन अप्ठ्यारो परिरहेको छ ।’

उनले भने, ‘हामीहरू उहाँलाई निकै सम्झाइबुझाइ गरिरहेका छौं । यसरी खाना छोड्दा तपाईंको स्वास्थ्य खराब हुन्छ भनिरहेका छौं । समयमा खाना खानुभएन भने उहाँलाई औषधि र इन्सुलिन दिन गाह्रो हुन्छ । अब उहाँको रगत र चिनीको मात्रामा निकै असर पर्न सक्छ ।’

लालु यादव चारा घोटाला मुद्दामा राँची जेलमा बन्द छन् र राँचीको अस्पतालमा उनको उपचार चलिरहेको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ