लुते बराहका सिमान्तकृत बोटे समुदाय लाई एकिकृत नमुना बस्ति र बिजुली: छरिएर रहेका बोटे समुदाय अब एकै ठाउँमा

लुते बराहका सिमान्तकृत बोटे समुदाय लाई एकिकृत नमुना बस्ति र बिजुली: छरिएर रहेका बोटे समुदाय अब एकै ठाउँमा

Bote Namuna Basti
किरण श्रेष्ठ, तनहुँ । सिमान्तकृत जातिको घर आवासको व्यवस्थापनका लागी व्यास नगरपालिका वडा नम्बर ५ स्थित लुते बराहमा निर्माण भएको एकिकृत नमुना बस्ति र विद्युतिकरणको बुधबार एक कार्यक्रमका बिच उद्घाटन भएको छ ।
वडाका विभिन्न स्थानमा छरिएर रहेका सिमान्तकृत बोटे जातिको लागी जनता आवास कार्यक्रम अन्तरगत सो क्षेत्रमा आवास निर्माण गरिएको हो । आवास संगै नमुना बस्तिमा विद्युतिकरण गरिएको छ ।
उक्त कार्यक्रमको उद्घाटन व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गरेका थिए । सो अवसरमा उक्त एकीकृत बस्ती निर्माणका क्रममा घडेरी बनाउन व्यास नगरपालिकाले सहयोग गरेको बताए । “अब सबै एकै ठाउँमा बसोबास गर्न एकीकृत हुनुभएको छ त्यसैले मिलेर बस्नुपर्छ”, नगर प्रमुख न्यौपानेले भने । उक्त क्षेत्रको सडक अब छिटै नै पिच हुने नगरप्रमुख न्यौपानेले बताए ।

सडकको लागी व्यास नगरपालिकाले ४० लाख र गण्डकी प्रदेश सरकारले ५० लाख बजेट विनियोजन गरेको नगरप्रमुख न्यौपानेले जानकारी दिए ।
उक्त कार्यक्रममा व्यास नगरपालिकाले वडा नम्बर ५ का वडा अध्यक्ष मोहन कुमार श्रेष्ठले स्थानीय बोटे समुदाय र व्यास नगरपालिकाका प्रमुख संग छलफल गरि सो आवास निर्माणको कार्य गरेको बताए ।
“बोटे समुदाय बादरको आक्रमण र विद्धुतको समस्याले वडामा पटकपटक आएर गुनासो गर्ने गरेको र अहिले सो समस्या समाधान भएको छ”, वडा अध्यक्ष श्रेष्ठले भने ।
व्यास नगरपालिकाले फोहोरमैला व्यवस्थापन गर्नको लागी बस्ती सारिएको भनेर गलत प्रचार गरिएको वडा अध्यक्ष श्रेष्ठले बताए । “तपाईहरु पहिले जहाँ बस्नुहुन्थ्यो त्यहाँ तपाईहरु लाई उठाएर फोहोरमैला व्यवस्थापन गर्न बस्ती विस्तार गरिएको होइन”, वडाअध्यक्ष श्रेष्ठले भने ।

बोटे समुदाय लाई व्यवस्थित गर्न ऐलानी जग्गामा व्यवस्थित आवास निर्माणका लागी सहयोग गरिएको उनले बताए । उक्त क्षेत्रमा खानेपानीको समस्या रहेको र उक्त समस्या समाधानका लागी व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लाई वडा अध्यक्ष श्रेष्ठले अनुरोध समेत गरेका थिए ।

कस्तो छ त घर ?
गरिब, विपन्न, दलित, जनजाति, लोपोन्मुख र सिमान्तकृत जाती लाई सरकारको जनता आवास कार्यक्रम अन्तर्गत लुते बराहमा ६ वटा घर निर्माण गरिए हो । घर ब्लकमा सिमेन्ट र ट्रस्ट हालेर बनाइएको जनता आवास कार्यक्रमका प्राविधिक शंकरराज गैह्रेले जानकारी दिए ।
घर भुकम्प प्रतिरोधि रहेको उनले बताए । २ कोठे घर र शौचालय निर्माणका लागि सरकारले ३ लाख ३२ हजार ५०० रुपैयाँ अनुदान दिएको उनले बताए । बाकी घरधनी आफैले श्रमदान गरेर घर निर्माण गर्नुपर्ने हुन्छ । छरिएर रहेका बोटे समुदाय अहिले नमुना बस्ती निर्माण पछि एकीकृत भएका छ्न ।
एक मात्र एसएलसि पास, जस्ले गाउँले पढाउदै छिन
व्यास-५ मा रहेको लुते पहरा समुदायका एक मात्रै एसएलसि पास गरेकी महिला छिन । उनि हुन विष्णु घले गुरुङ । २०७० सालमा एसएलसि पास गरेको गुरुङले बताइन । बोटे गाउँका साना बालबालिका लाई उनै गुरुङले पढाउन सुरु गरेकी छिन ।

गाउँका बालबालिका लाई शिक्षाको ज्योति दिन गुरुङले पढाउन सुरु गरेकि हुन । बुधबार नै व्यास नगरपालिका वडा नम्बर ५ का वडाअध्यक्ष मोहन कुमार श्रेष्ठले गुरुङ लाई गाउँका बालबालिका लाई पढाउन सहयोग होस भनेर शैक्षिक सामाग्री प्रदान गरेका छ्न ।

कापी, कलम र पुस्तकहरु प्रदान गरेको वडा अध्यक्ष श्रेष्ठले बताए । सो शैक्षिक सामाग्री प्रमुख अतिथि व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपानेले गुरुङ लाई हस्तान्तरण गरेका थिए ।

रुपा बोटेको खुशी
जनता आवासबाट नयाँ घर निर्माण भएपछि स्थानीय रुपा बोटे लाई खुसी लागेको छ । आवास निर्माण समितिकि अध्यक्ष समेत हुन, रुपा बोटे । “पहिलेको घर भुकम्पमा भत्काई सक्याथ्यो”, “घर भत्किए पछी नयाँ घर बनाउन सक्याथेन अहिले नयाँ घर पाए पछी खुशी लागेको छ।” रुपाले खुशी हुँदै भनिन ।

पहिलेको घर बासले बारेको थियो अहिलेको नयाँ घर ब्लक र ट्रस्टले बनेको छ रुपा र उनका छिमेकीको घर । रुपाको घर नै हो त्यस स्थानमा पहिलो पटक ठडिएको ।

रुपाका २ सन्तान छ्न, १३ वर्षका छोरा ६ कक्षामा र ९ वर्षीया छोरी ३ कक्षामा पढ्दैछ्न । र श्रीमान २ वर्ष देखि विदेशमा छ्न । रुपाको पेशा कृषि हो । घर यसैबाट चलेको छ ।

आवास निर्माण समितिकि अध्यक्ष रुपा बोटेको अध्यक्षताका भएको उक्त कार्यक्रम व्यास २ का वडाअध्यक्ष काशीराम श्रेष्ठ, व्यास ३ का वडाअध्यक्ष प्रेम कुमार श्रेष्ठ, व्यास ४ का वडाअध्यक्ष विश्व न्यौपाने, व्यास १० का वडाअध्यक्ष तुलसीराम सापकोटा, आदिवासी जनजाति महासंघ तनहुँके अध्यक्ष बसुन्धरा घर्ती, विद्युत प्राधिकरण तनहुँ वितरण केन्द्र दमौलीका प्रमुख शिव गोशली, नेपाली काङ्ग्रेस व्यास ५ का सभापति यज्ञ खनाल, उक्त क्षेत्रका प्रतिनिधि कृष्ण बहादुर दरै,  चापाघाट टोल विकासका अध्यक्ष मानधोज थापा लागाएतले शुभकामना मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ