जनताको पैसामा व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको रजाईं, मदिरा पार्टी (भिडियो)

जनताको पैसामा व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीको रजाईं, मदिरा पार्टी (भिडियो)

Madira2 – Copy

किरण श्रेष्ठ, तनहुँ । ‘तारा संगै जुन, बिर्सेयौ कि मायाले मैले लाको गुन’
यो बिहेमा बज्ने पन्चेबाजाको गित कुनै बिहे वा पार्टीमा बजेको थिएन । बुधबार साझ व्यास नगरपालिकाको सभाहलमा एउटा अचम्मको दृश्य देख्न पाइयो ।

जहाँ व्यास नगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु निर्धक्क मदिरा सेवन गरिरहेका थिए । त्यो पनि व्यास नगरपालिकाको सभाहल मै । जहाँ स्वंय व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने उपस्थित रहेका थिए । मदिरा संगै उक्त गितमा जनप्रतिनिधि र कर्मचारी मस्त नाचिरहेको मेयर स्वंयले हेरिरहेका थिए ।

हेर्नुस भिडियो :

https://www.facebook.com/gandaknews/videos/322704018640077/

व्यास नगरपालिका भित्रका वडा अध्यक्ष देखि व्यास नगरपालिकाका कर्मचारीले निर्धक्क मदिरा सेवन गरेको देखिएको थियो । उक्त कार्यको भिडियो हामी संग सुरक्षित रहेको छ । व्यास नगरपालिकाले बुधबार ३१औं नगरसभा सम्पन्न गरेको छ । नगरसभा सम्पन्न हुनासाथ व्यापक मदिरापान कार्यक्रम नगरपालिकाको सभाहलमा भएको हो ।
उक्त समयमा वल्ड दरबार र टुबोर्ग (दुबै महँगा मदिरा हुन) नगरसभाको हलमा प्रशस्त देख्न सकिन्थ्यो । उक्त मदिरा व्यक्तिगत किनेको नभई व्यास नगरपालिकाले किनेको नगरपालिका कै एक उच्चपदस्त कर्मचारीले नाम नखुलाउने सर्तमा बताए ।
जनप्रतिनिधि नै मदिरा सेवन गर्दै नगरसभा हलमा नाच्न थालेपछि अगाडि स्टेजमा बसेका नगरप्रमुख लाई समेत नाच्न बाध्य बनाइएको देखिन्थो । असहज मान्दै केहिसमय नगरप्रमुख न्यौपाने पनि नाचेका थिए । अगाडि नाचगान चलिरहदा पछाडी भने जनप्रतिनिधि देखि कर्मचारी सम्म मदिरामा लठ्ठ थिए ।

सामान्य कुरा हो : मेयर न्यौपाने

उक्त नगरपालिकाको हाता भित्र जनप्रतिनिधि र कर्मचारी मदिरा सेवनको विषयमा व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने लाई फोन सम्पर्क गर्दा उक्त विषय सामान्य भएको बताए ।

सो मदिरा सेवनको विषय लाई ठुलो नबनाउने समेत मेयर न्यौपानेले भने । उक्त विषयमा थप बुझ्न खोज्दा मेयर न्यौपानेले फोन काटिदिए ।

व्यास नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश राज पन्तको भने पटक पटक सम्पर्क गर्दा समेत फोन उठेन ।

समाचार नछाप्न भन्दै जनप्रतिनिधि कै फोन

उक्त घटनाको भिडियो हाम्रा सम्बाददाताले खिचेपछि जनप्रतिनिधिले नै उक्त भिडियो र समाचार सार्वजनिक नगरिदिन भन्दै फोन गरेका छ्न । व्यास नगरपालिकाका कर्मचारीको अनुरोधमा फोन गरेको जनप्रतिनिधिले बताए ।
जनप्रतिनिधि र कर्मचारीले मदिरा सेवन गर्दै गरेको उक्त भिडियो सार्वजनिक नगरिदिन भन्दै वडा अध्यक्ष देखि वडा सदस्य सम्मको फोन आएको छ ।

कार्यालयमा मदिरा सेवन अशोभनीय

जिल्ला प्रशासन कार्यालय तनहुँका सहायक प्रमुख जिल्ला अधिकारी तुलसी पौडेलले भने ‘प्रचलित कानुन अनुसार सरकारी कार्यालयमा कार्यालय समयमा मदिरा सेवन गर्नु कानुन विपरीत हो ।’ कार्यालयमा मदिरा सेवन गर्ने कुरा अशोभनीय भएको बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ