दमौलीमा जारी तेस्रो आदिवासी जनजाती महोत्सव एक दिन थप: आज कला लम्साल आउने

दमौलीमा जारी तेस्रो आदिवासी जनजाती महोत्सव एक दिन थप: आज कला लम्साल आउने

Janjati Mahotsav 2075 – Kala

तनहुँ । तनहुँको दमौलीमा जारी तेस्रो आदिवासी जनजाती तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सव मंसिर १० गते समापन गरिने तयारीका साथ संचालित महोत्सवमा दर्शकको उल्लेख्य सहभागिताका कारण महोत्सव एक दिन थप गरिएको नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष एवं महोत्सव मुल समारोहकी संयोजक बसुन्धरा घर्तीले जानकारी दिइन ।

महोत्सव समय अवधी थप संगै महोत्सवकाे समापन मंगलबार हुने भएकाे छ । महोत्सव मंसिर १० गतेसम्म चल्ने महोत्सवमा कला लम्साल लगायतका राष्ट्रिय तथा स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने कलाकार व्यवस्थापन उपसमितिका संयोजक रग बहादुर गुरुङ्गले जानकारी दिए ।

तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवको आइतबार दशौँ दिनमा गायिका बिमाकुमारी दुरा, पुरुषोत्तम न्यौपाने, रमेशराज भट्टराई, मरिचमान श्रेष्ठ ‘बल्छी धु्रवे’ लगायतका कलाकारहरुको प्रस्तुति रहेको थियो ।

महोत्सवमा बिमाकुमारीले लमजुङ्ग तुर्लुङ्गकोट, साइली, मलाई सम्झी नरोउ आमा लगायतको गीत प्रस्तुत गरेकी थिइन् भने गायक पुरुषोत्तम न्यौपानेले रुन्छ नि मन किन रुदैन, मायाले हो मात्रै भन, ढुङ्गे धारामा तिम्लाई नै मनप¥यो संसार सारामा लगायतका गीत प्रस्तुत गरेका थिए ।

त्यस्तै गायक गायक रमेशराज भट्टराईले बबाल भो, बेहुला बनाउछु भन्थी बहुला बनाएर गै, तिमी लास्टै राम्री छौ लगायतको सांगितीक प्रस्तुति राखेपछि महोत्सवका दर्शकहरुको वन्स् मोरको चर्को आएको थिए ।

बल्छी धु्रवे र राजु मास्टरको हास्य प्रस्तुतिमा महोत्सवका दर्शकलाई पेट मिचिमिचि हासेका थिए । महोत्सवमा हजारौँ दर्शकको भिड लाग्नुका साथै लाखौँको आर्थिक कारोबार भएको आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँका सचिव एवं महोत्सवका प्रवक्ता नन्दु थापा मगरले जानकारी दिए ।

“अमूल्य भाषा, संस्कृतिको संरक्षण गरौँ ! भाषा, संस्कृतिको जगेर्ना गर्दै पर्यटनको विकास गरौँ” भन्ने नाराका साथ आयोजित महोत्सवमा गायक जीवन दाहाल, पवन राना, पार्वती खनाल लगायतका कलाकारहरुको बेजोड प्रस्तुति रहेको थियो । महोत्सवमा विभिन्न सांस्कृतिक प्रदर्शनीहरु समेत भएको आयोजकले जनाएको छ ।

नेपाल प्रहरीका प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल तेस्रो आदिवासी जनजाति तनहुँ सांस्कृतिक एवं पर्यटन महोत्सवका आइतबार अवलोकन गरेका छन् । आइतबारै भानु नगरपालिकामा उनलाई सम्मान समेत गरिएको बताइएको छ ।

आदिवासी जनजातिको जीवन्त संग्राहलय निर्माण गर्ने उद्देश्यले आयोजित महोत्सवमा जिल्लाको धार्मिक, जैविक एवं सांस्कृतिक विविधताको संरक्षण गरी पर्यटन एवं सांस्कृतिक क्षेत्रको प्रवद्र्धन गर्दै जिल्लाभित्र आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गर्ने नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद तनहुँकी अध्यक्ष एवं महोत्सव मुल समारोहकी संयोजक बसुन्धरा घर्तीले बताइन् ।

दर्शकहरुलाई विशेष मनोरञ्जन दिन र आदिवासी जनजातिको संस्कृतिको संरक्षणका लागि झाँकी, मौलिक, लोपोन्मुख संस्कृतिहरुको प्रस्तुति समेत भइरहेको घर्तीले बताइन् । महोत्सवमा सांस्कृतिक प्रर्दशनी, सांस्कृतिक नमूना ग्राम भ्रमण, कृषि प्रदर्शनी, हस्तकला प्रदर्शनी, जलबिहार गर्ने व्यवस्था गरिएको बताइएको छ ।

महोत्सवमा विभिन्न आदिवासी जनजातिका खाना, जानकारीका लागि पुस्तक प्रदर्शनी, कृषि उत्पादनका विक्री तथा प्रर्दशनका स्टल, विभिन्न व्यापारीक सामग्रीका प्रदर्शनी एवं विक्री कक्ष, कम्युटर, सञ्चार एवं शैक्षिक प्रदर्शनी तथा विक्री कक्ष रहेको छ । महोत्सवमा ५ लाख दर्शकले अवलोकन गर्ने र ५ करोडको आर्थिक कारोबार गर्ने आयोजकको लक्ष्य छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ