पुरुषले जन्माए बच्चा ! अष्ट्रेलियामा २२ जनाले जन्माए

पुरुषले जन्माए बच्चा ! अष्ट्रेलियामा २२ जनाले जन्माए

getty images

getty images

एजेन्सी– प्रकृतिको नियमअनुसार प्रजनन् क्षमता जुनसुकै प्राणीमा पोथीमा मात्रै हुन्छ । त्यस पनि मानव जातिको कुरा गर्ने हो भने महिलाले मात्रै बच्चा जन्माउन सक्छन् । तर सुन्दै अच्चम्म लाग्न सक्छ, अब भने पुरुषले पनि बच्चा जन्माउन सक्ने छन् ।

पत्याउनै नसकिने यो विषयलाई विज्ञानले सम्भव बनाएको हो । लिंग परिवर्तन गरी महिलाबाट पुरुष बनेकाहरुले नवजात शिशुलाई जन्म दिन सफल भएका हुन् । अष्ट्रेलियामा यसरी २२ जना पुरुषले बच्चा जन्माएका छन् । अष्ट्रेलिया सरकारले हालै जारी गरेको तथ्यांकअनुसार गत दश वर्षमा २२ पुरुषले बच्चा जन्माएका हुन् ।

अष्ट्रेलियाको डिपार्टमेन्ट अफ ह्युमन सर्भिसले सार्वजनिक गरेको जन्म दरसँग सम्बन्धित तथ्यांकमा महिलाबाट पुरुष बनेकाहरुले बच्चा जन्माएको उल्लेख छ । यसअघि यो विषयमा कुनै आधिकारिक जानकारी सार्वजनिक भएको थिएन । यद्यपि एउटा घटनामा भने लिंग अन्नोन (थाहा नभएको) भनेर वर्गीकृत गरिएको थियो ।

लिंग परिवर्तन गरी पुरुष बनेकाहरुले बच्चा जन्माएपछि कतिपयले भने पुरुषत्वमाथिको चुनौतिको रुपमा टिप्पणी गरेका छन् । विगतमा महिला भएपनि पुरुष लिंग भइसकेपछि फेरि बच्चा जन्माए भने त्यो साँच्चिकै पुरुष हुन नसक्ने उनीहरुको तर्क छ ।

तर मेलबर्न विश्वविद्यालयका एक प्रोफेसरले भने पुरुषत्वको धारणा हरेकका लागि बेग्लै अनुभूतिका रुपमा देखिन बताएका छन् । अमेरिका र बेलायतमा पनि यस्तै घटना सार्वजनिक भएको थियो ।

-खबरहब बाट

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ