पोखरा मामाघर बस्दै आएका ४ वर्षीय बालकको पानी ट्यांकीमा डुबेर मृत्यु

पोखरा मामाघर बस्दै आएका ४ वर्षीय बालकको पानी ट्यांकीमा डुबेर मृत्यु

dead-body-of-child

पोखरा मासबार स्थित मामाघर बस्दै आएका ४ वर्षीय बालकको बुधबार साँझ पानी ट्यांकीमा डुबेर ज्यान गएको छ । स्याङ्जा घर भएका बालक श्रीकृष्ण कोइरालालाई पानी ट्यांकीमा डुबेको देखेपछि पोखराको मेट्रोसिटी हस्पिटल लगिएको थियो ।

मामाघर नजिकै निर्माणाधीन घरको पानी ट्यांकीमा उनलाई डुबेको अवस्थामा फेला पारिएको थियो । तत्काल उपचारका लागि सिर्जनाचोक स्थित हस्पिटल लगिएपछि चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 2 seconds