मनाङमा हिमपहिरो हटाएर सडक खुलाईंदै (तस्विरहरु)

मनाङमा हिमपहिरो हटाएर सडक खुलाईंदै (तस्विरहरु)

manang hiu (1)

नेगम परियार, मनाङ, २२ फागुन । महिना दिन बढी परेको हिमपातले मनाङमा यातायात सेवा अवरुद्ध छ । जिल्लाको माथिल्लो भेगहरुमा अझै पनि हिमपात भइरहेको छ । हिमपातका कारण सवारी चल्न सकेका छैनन् ।

अब भने एक्साभेटर नै लगाएर सडक नै ढाकिएका हिमपहिरो हटाउन सुरु गरिएको छ । मंगलबार चामे नजिकै गएको हिउँपहिरो हटाउन सुरु गरिएको मनाङका प्रमुख जिल्ला अधिकारी रुद्र नाथ देबकोटाले बताए । प्रमुख जिल्ला अधिकारी देवकोटा, चामे गाउँपालिकाका अध्यक्ष लोकेन्द्र बहादुर घले लगायत आफै उपस्थित भएर हिमपहिरो हटाउने कार्य सुरु गरेका हुन् ।

यसअघि पनि पटक पटक एक्साभेटर नै लगाएर सडकमा जमेका हिउँ फाल्दै सवारी चलाईंदै आएको थियो । फागुन १५ गतेको हिउँपहिरोले सडकमै रुखहरु ढलेपछि यातायातका साधन चल्न सकेका थिएनन् । अहिले मनाङको दानाक्यूसम्म मात्र सवारी चल्छन् ।

जिल्ला सदरमुकाम चामे सहित त्रिचुङगल्दा नजिक खोलामा हिउँ पहिरोले दानाक्यूभन्दा माथि गाडी चल्न नसकेको एक चालक सुदिप तामाङले जनाए ।

ठेकेदार नबिन शाहीका अनुसार हिमपात र हिउँपहिरोका कारण अवरुद्ध रहेको नेपाल टेलिकमको टेलिफोन तथा नेट सेवापनि सञ्चालनमा आएको छ । खानेपानीको समस्या भने यथावत् छ ।

प्रतिक्रिया

लेखकको बारेमा

ट्रेन्डिङ